५ वैशाख २०८१ बुधबार
खेल

चन्द्रपुर मेयर गोल्डकपको उपाधि विरगञ्जलाई

महोत्तरीको बेङ्खडी युवा क्लबलाई फाइनलमा ३–० ले पराजित गर्दै पर्साको विरगञ्ज युनाइटेडले चन्द्रपुर मेयर गोल्डकप–२०७९ को उपाधि जितेको छ ।

रौतहटको चन्द्रपुरस्थित तुलसीलाल अमात्य स्मृति रंगशालामा सम्पन्न फाइनलमा विरगञ्जलाई च्याम्पियन बनाउन कृपा चौधरीले दुई र विवेक चौधरीले एक गोल गरे ।

खेलको ३१औं मिनेटमा कृपाले गरेको गोलबाट विरगञ्जले अग्रता बनाएको थियो । ६३औं मिनेटमा विवेकले गोल गर्दै विरगञ्जको अग्रता दोब्बर पारे । यस्तै, खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा कृपाले टिमको लागि तेस्रो गोल गर्दै विरगञ्जको सहज जित निश्चित गरे ।

उपाधिसँगै विरगञ्जले ट्रफीसहित दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको बेङ्खडीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । प्रतियोगितामा विरगञ्जका प्रमिजय गच्छदार उत्कृष्ट गोलकिपर चुनिए । यस्तै, विरगञ्जकै शिषस थापा उत्कृष्ट रक्षक, अनिश चौधरी उत्कृष्ट मिडफिल्डर, कृपा चौधरी उत्कृष्ट फरवार्ड र सुलभ जंगराना उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरु सबैले समान १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने बेङ्खडीका नीरबहादुर आले चुनिए । उनले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । चन्द्रपुर नगरपालिकाको सहयोगमा रौतहट जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा आठ टिमको सहभागिता थियो ।

प्रकाशित: ४ चैत्र २०७९ १६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App