२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आगामी शुक्रबार पोखरामा दोस्रो मिष्टर पोखरा

यही चैत १० गते शुक्रबार पोखरामा दोस्रो मिष्टर पोखरा हुने भएको छ। कास्की बडिविल्डिङ तथा फिटनेस एशोसियसनको आयोजनामा हुने दोस्रो मिष्टर पोखरामा चारवटा प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।

पोखराको नयाँबजारस्थित सिटी जिम सेन्टरको मुख्य प्रायोजन रहेको दोसो मिष्टर पोखरामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने एशोसियसनका उपाध्यक्ष दिपक बास्तोलाले जानकारी दिए। ६ वटा तौल समूहमा प्रतिस्पर्धा हुने छ। तौल समूह विजेताले ओभर च्याम्पियनको लागि अन्तिम प्रतिस्पर्धा गर्ने छन्। प्रतिस्पर्धामा चार प्रदेशका एकसय भन्दा बढी खेलाडीहरुले सहभागिता जनाउने छन्। प्रतियोगिताको अन्तिम तयारी गरिएको छ।

५५ केजी तौलसमूह, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गराईने छ। प्रत्येक तौल समूह विजेताले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ। उपविजेता र तेस्रो हुनेले पनि क्रमश १२ र ७ हजार रुपैयाँ प्राप्त गर्ने उपाध्यक्ष बास्तोलाले बताए। शारीरिक सुगठन प्रतियोगितासँगै मेन्स फिजिक्स र वुमन्स फिजिक्सको इभेण्टमा समेत प्रतिस्पर्धा गराईने छ।

मेन्स र वुमन्स फिजिक्स विजेताले नगद २५÷२५ हजार रुपैयाँ प्राप्त गर्ने छन। उपविजेता हुने दुवैले १२ हजार र तेस्रो हुनेलाई नगद ७÷७ हजार रुपैयाँ प्रदान गरिने छ। शारीरिक सुगठन तर्फ ओभरअल च्याम्पियनले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने उपाध्यक्ष बास्तोलाले जानकारी दिए।

प्रकाशित: ३ चैत्र २०७९ ०८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App