४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

मोहन श्रेष्ठ स्मृति भेट्रानको उपाधि हेटौंडा ७ लाई

उपाधिका साथ हेटौंडा ७ नम्बर वडाको टिम।

हेटौंडामा सञ्चालन भएको मोहन श्रेष्ठ स्मृति एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि हेटौंडाको ७ नम्बर वडाले जितेको छ।

पशुपति युवा क्लवका पूर्व कोषाध्यक्ष एवम् पूर्व खेलाडी श्रेष्ठको स्मृतिमा आयोजित प्रथम भेट्रान्स फुटबलमा हेटौंडाको ४ नम्बर वडालाई टाइब्रेकरमा १–० गोलले हराउँदै ७ नम्बरले उपाधि जितेको हो।

विजेता ७ नम्बर वडाले एकलाख ५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता भएको ४ नम्बरले ५५ हजार ५५५ रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ। निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा ७ नम्बरका तर्फबाट एक मात्र गोल अमर गुरुङले गर्दा भरत तितुङको प्रहार खेर गयो। पराजित टोलीको तर्फबाट रणबीर थापा, ओम गुरुङ र मनोज लामाको प्रहार खेर गएको थियो। ४ ले १५ नम्बर वडा र ७ ले ९ नम्बर वडालाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए।

फाइनल खेलको म्यान अफ द म्याच हेटौंडा ४ का कृष्णबहादुर गुरुङ भए। यस्तै हेटौंडा ४ का मनोज लामा सर्वाधिक गोलकर्ता, प्रकाश राना मगर उत्कृष्ट मिडफिल्डर र रणबीर थापा उत्कृष्ट डिफेण्डर हुँदा हेटौंडा ७ का राजेन्द्र थापा मगर उत्कृष्ट फरवार्ड, ज्ञानबहादुर क्षेत्री उत्कृष्ट गोलकिपर र सर्वोत्कृष्ट खेलाडी तथा ओमबहादुर तितुङ उत्कृष्ट प्रशिक्षक भए। उनीहरुले जनही नगद ५ हजार ५५५ रुपैयाँसहित ट्रफी प्राप्त गरे।

प्रतियोगिताका विजेता, उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य टीकाराम लामा, हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा अध्यक्ष सुकराम केसी, आयोजक पशुपति युवा क्लवका अध्यक्ष राजकुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका हुन्।

उपमेयर बानियाँले हेटौंडा उपमहानगरपालिकाले फुटबल एकेडेमी सन्चालन गर्ने उद्देश्यसहित बजेट विनियोजन गरिसकेको जानकारी दिए। पछिल्लो समय नेपाली राष्ट्रिय टिमका खेलाडीहरु विदेशिनु दु:खद् भएको उनको भनाई थियो। हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडाको आर्थिक सहयोगमा पशुपति युवा क्लवले आयोजना गरेको प्रतियोगितामा उपमहानगरपालिकाको १३ वटा वडाको सहभागिता रहेको थियो। आयोजक पशुपति क्लवका अध्यक्ष श्रेष्ठले आगामी बर्ष पनि यस प्रतियोगितालाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाए।  

प्रकाशित: १ चैत्र २०७९ १३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App