आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखलमा पपुवा न्यूगिनी विरुद्धको खेलमा नेपालले एक विकेट गुमाएको छ ।
जम्मा ९६ रनको विजयी लक्ष्य पछ्याएको नेपालका लागि कुसल भूर्तेल ३३ रन बनाएर आउट भए । उनले १४ बलमा ४ चौक्का र २ छक्कासंगै ३३रन बनाएका ह।उनी आउट हुँदा नेपालले ३दशमलब ३ ओभरमा १ विकेटको क्षतिम ५१ रन बनाई ेभसकेको थियो । ताजास्थीतीमा नेपालले ६ ओभरमा १ विकेट गुमाएर ६४ रन बनाएको छ । अव नेपाललाई जितका लागि जम्मा ३१ रनको आवश्यकता छ ।
यस अघि नेपालका बलर सामु टिक्न नसकेको पिएनजीले ३२ ओभरमा ९५ रन बनाउँदै सबै विकेट गुमाएको थियो।
प्रकाशित: २९ फाल्गुन २०७९ ०६:५३ सोमबार