१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

पिएनजी ९५ रनमै सिमित, सन्दीपले पाँच विकेट

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखलमा नेपालले पपुवा न्यूगिनीलाई जम्मा ९५ रनमा सिमित राखेको छ ।  

नेपालका बलर सामु टिक्न नसकेको पिएनजी ३२ ओभरमा ९५ रन बनाउँदै सबै विकेट  गुमाउन पुग्यो ।   नेपालका लागि स्पिनर सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए।  

उनले १० ओभरमा  १ मेडन ओभर फाल्दै २५ रन दिएर पाँच विकेट लिए । सन्दीपले यसअघि २०२० मा अमेरिका र २०२१ मा पपुवा न्युगिनीविरुद्ध ६-६ विकेट लिएका थिए । सन्दीप करण केसीपछि तीन पटक पाँच विकेट लिने नेपाली दोस्रो बलर हुन् ।सन्दीपको यो एकदिवसीय करिअरको तेस्रो पटक पाँच विकेट हो।

त्यसैगरी आज कुसल मल्ल र ललितनारायण राजवंशीले दुई दुई विकेट लिए । त्यसैगरी सोमपाल कामीले एक विकेट हात पारे । नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो। 

प्रकाशित: २९ फाल्गुन २०७९ ०६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App