१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

पाँच ओभर भित्र नेपालको २ विकेट गयो

आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध नेपालले कमजोर शुरुवात गरेको छ । पहिलो पाँच ओभर भित्रमै नेपालले महत्वपूर्ण दुई विकेट गुमाएको छ।  

पहिलो विकेटको रुपमा शुरुवाती व्याट्सम्यान आसिफ शेखलाई ० तथा कुसल भुर्तेललाई ८ रनमा गुमाएको हो ।  

नेपाली ओपनर आशिफ शेख दोस्रो ओभरमै आउट भए । त्यसैगरी कुसल भुर्तेल  ४ दशमलब ३ ओभरमा १५ बलको सामना गर्र्दै १ चौक्कासहित ८ रन बनाएर आउट भए । अहिले कुसल मल्ल र कप्तान रोहित पौडेल क्रिकजमा छन । नेपालले ताजास्थीतमा  ७ ओभरम २ विकेट गुमाएर २२ रन बनाएको छ । कुसल मल्ल ९ रन तथा रोहित ५ रन बनाएर खेलिरहेका छन ।  

 युएईविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ  गर्ने निर्णय गरेको हो । आज टिमबाट करण केसी र ज्ञानेन्द्र मल्ल बाहिरिएका छन्। टिममा ललित राजवंशी र गुल्शन झाले स्थान बनाएका छन्।  

नेपाली टिम 

 रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, गुल्शन झा र सन्दीप लामिछाने। 

प्रकाशित: २८ फाल्गुन २०७९ ०४:१७ आइतबार