आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत नेपाल र युनाइटेड अरव इमिरेट्स (युएई)बीच खेल हुँदैछ । क्रितिपुर क्रिकेट मैदानमा हुने यो श्रृखलामा यूएई विरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।
आजको खेलमा ज्ञानेन्द्र मल्ल र करण केसीलाई टोलीबाट हटाएर बेन्चमा राखिएको छ।
उनीहरुको स्थानमा ललितनारायण राजवंशी र गुलशन झालाई खेलाएको छ । ज्ञानेन्द्रको पछिल्लो समय प्रदर्शन राम्रो छैन । त्यसको कारण गुलशन झाई मौका दिएको छ । करणको स्थानमा ललितलाई मौका दिएको छ । टोलीमा अन्य भने परिवर्तन गरेको छैन।
नेपालको प्लेइङ ११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, गुलशन झ, रोहित पौडेल (कप्तान), कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी, सोमपाल कामी र सन्दीप लामिछाने
प्रकाशित: २८ फाल्गुन २०७९ ०३:३७ आइतबार



