२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

राष्ट्रपति रनिङ शिल्डमा फुङलिङ नगरपालिका पहिलो

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगितामा फुङलिङ नगरपालिका पहिलो भएको छ।

जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुने वा नहुने अन्योलताका बीच अन्तिम समयमा सहभागिताको निर्णय लिएको फक्ताङलुङ गाउँपालिका भने पदकबिहिन भएर फर्किएको छ। 

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख यज्ञनिधी पौडेलका अनुसार पहिलो भएको फुङलिङले २० स्वर्ण,४ रजत र ७ कास्य गरी कूल ३१ पदक जितेको छ। १७ स्वर्ण सहित आठराई त्रिबेणी गाउँपालिका दोस्रो बन्यो। उसले १५ रजत र ५ काँस्य सहित कूल ३७ पदक जित्यो। 

समग्रमा बढी पदक जितेपनि स्वर्ण पदकमा फुङलिङ भन्दा पछि परेपछि आठराई त्रिबेणी दोस्रो बनेको हो। ३ स्वर्ण,२ रजत र २ कास्य सहित मेरिङदेन गाउँपालिका तेस्रो हँुदा २ स्वर्ण,२ रजत र ५ कास्य सहित ९ पदकका साथ पाथीभरा याङ्वरक गाउँपालिका चौथो भएको छ। १ स्वर्ण,७ रजत र ७ कास्य गरी कूल १५ पदकका साथ सिदिङ्वा गाउँपालिका पाँचौं भयो।

आफ्नै गृह मैदानमा सिरिजङ्गा गाउँपालिका १ स्वर्ण,४ रजत र २ कास्य गरी कूल ७ पदकका साथ छैटौं भयो। स्वर्णबिहिन मैवाखोला गाउँपालिका ५ रजत र ६ कास्य सहित ११ पदकका साथ अंक तालिकाको ७ औं स्थानमा रहँदा स्वर्णबिहिन अर्को गाउँपालिका मिक्वाखोला ३ रजत र २ कास्य सहित ५ पदकका साथ तालिकाको ८ औं स्थानमा रहयो।

मेरिङदेन र पाथीभरा याङ्वरकले समान २–२ स्वर्ण जित्दा सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाले भने समान १–१ स्वर्ण मात्र जितेका छन्। यो समाचार तयार पार्दा सम्म मिक्वाखोला र मैवाखोला गाउँपालिका स्वर्णबिहिन छन्। फुङलिङले १७ स्वर्ण जित्दा ३ रजत र ७ कास्य जितेर कूल २७ पदक जितेको छ। आठराई त्रिबेणी गाउँपालिकाले ११ स्वर्ण जित्दा,१५ रजत र ३ कास्य गरी समग्रमा कूल २९ पदक जितेको छ। २–२ समान स्वर्ण पदक जितेका पाथीभरा याङ्वरक र मेरिङदेन मध्ये पाथीभरा याङ्वरकले २ रजत र ४ कास्य गरी ८ पदक जितेको छ भने मेरिङदेनले २ रजत र १ कास्य थप गरी ५ पदक जितेको छ। १ स्वर्ण जितेको सिदिङ्वा गाउँपालिकाले ५ रजत र २ कास्य सहित ८ पदक जितेको छ भने समान स्वर्ण पदक जितेको सिरिजङ्गाले ३ रजत र २ कास्य थप गरी कूल ६ पदक जितेको छ। स्वर्ण बिहिन मैवाखोलाले १ रजत र ३ कास्य सहित ४ पदक जित्दा अर्को स्वर्ण बिहिन मिक्वाखोलाले १ रजत र २ कास्य सहित ३ पदक जितेको छ।  

प्रकाशित: २६ फाल्गुन २०७९ ०६:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App