१४ पुस २०८२ सोमबार
image/svg+xml
खेल

नेपाललाई तेश्रो सफलता, सन्दीपले लिए विकेट

नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनी विरुद्ध तेश्रो  सफलता हात पारेकोछ । जितको लागि २ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पिएनजीले ११ ओभर ३ बलमा  पहिलो  तथा १३ ओभर ३ओभर दोश्रो विकेट गुमाएको हो । नेपालका लागि दिपेन्द्रसिंह र्एैरीले एक विकेट लिएका हुन भने एक जना  रन आउट भएका हुन । तेश्रो विकेट सन्दीप लामिछानेले लिएका  हुन ।  १४ दशमलब ३ ओेभरमा सन्दीप लामिछानेले तेश्रो विकेट लिएका हुन । पिएनजी ताजास्थीतीमा  १७ ओभरमा तीन विकेटको क्षतिमा ९६ रन बनाएर खेलिरहेको छ । 

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९ दशमलब १ ओभरमा २ सय ९७ रनमा अल आउट भएको हो।  

प्रकाशित: २५ फाल्गुन २०७९ ०८:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App