१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपाल र टिमोर लेस्टेबीचको खेल गोल रहित बराबरीमा सकियो

 काठमाडौं – गोल रहित बराबरी खेल्दै नेपालले एएफसी सोलिडारिटी कपको यात्रा सुरु गरेको छ। मलेसियाको कुचिङमा जारी प्रतियोगितामा शनिबार साँझ भएको खेलमा नेपालले टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको हो। अब नेपालले समूहको अन्तिम खेल ब्रुनाईसँग मंगलबार खेल्नेछ । पहिलो खेलमा टिमोर लेस्टेलाई ४–० ले हराएको ब्रुनाई शनिबारको नतिजासँग सेमिफाइनल पुगेको छ।

अब नेपाल र टिमोर लेस्टेमध्ये एउटा टोली सेमिफाइनल पुग्नेछ । त्यसका लागि मंगलबार हुने नेपाल र बु्रनाईको नतिजासम्म कुर्नुपर्ने हुन्छ । त्यो खेलमा नेपाल पराजित भएमा गोलअन्तरका आधारमा अघिल्लो चरण पुग्ने टोलीको टुंगो लाग्नेछ । दोस्रो हाफमा नेपालले केही मौका पाउनका वावजुद गोल गर्न सकेन । ६८ औं मिनेटमा अन्जन विष्टलेको क्रसमा अनन्त तामाङ हेड क्रस बारमा ठोक्कियो । त्यस्तै ८१ औं मिनेटमा भरत खवासको प्रहार पोस्टको अलिक टाढाबाट बाहिरिएको थियो । ८७ औं मिनेटमा हेमन गुरुङ प्रहार पोस्ट नजिकबाट बाहिर । पहिलो हाफमा विक्रम लामाको प्रहारलाई विपक्षी गोलकिपरले रोकेका थिए । पाँच बर्षअघि विश्वकप छनोटमा टिमोर लेस्टेविरुद्ध २–१ र ५–० को नतिजा निकालेको नेपाल यसपटक भने कमजोर देखिएको थियो।

प्रकाशित: २० कार्तिक २०७३ १३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App