३ पुस २०८१ बुधबार
image/svg+xml
खेल

नेपालको दोस्रो विकेट झर्यो

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत पपुवा न्युगिनी विरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ। नेपालको दोस्रो विकेट पनि पतन भएको छ। ज्ञानेन्द्र मल्ल आउट भएका छन्। ६ रन बनाएर खेलिरहेका मल्ललाई सेमो कमेआकोले आउट गरे।

त्यसअघि कुशल भुर्तेल पहिलो बलमै आउट भएका थिए। यो समाचार तयारपार्दासम्म नेपाल सात ओभरमा २ विकेटकाे क्षतिमा २१ रन बनाएर खेलिरहेको छ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पपुवा न्यूगिनीले ४९ दशमलब २ ओभरमा १७९ रन बनाउँदा सबै विकेट गुमाएको थियो। पपुवा न्यूगिनीलाई १७९ रनमा सिमित राख्न सोमपाल कामी र दिपेन्द्रसिंह एैरीले दुई दुई विकेट लिए । त्यसैगरी सन्दीप लामिछाने, कुसल मल्ल र करन केसीले एक एक विकेट लिए । त्यसैगरी पपुवा न्यूगिनीका ३ खेलाडी रन आउट भए ।  

नेपाल ३० खेलमा १३ मा हार र १५ मा जितसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंकका साथ पुछारमा छ । नेपाललाई शीर्ष तीनमा पर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न बाँकी सबै ६ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै एकदिवसीय मान्यता सोझै प्राप्त गर्न नेपालले चार जित आवश्यक छ।

प्रकाशित: १९ फाल्गुन २०७९ १०:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App