७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

ह्विलचेयर क्रिकेट टोलीको घोषणा

भारतको गुजरातमा हुने ह्विलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिहीबार घोषणा गरिएको छ।  

नेपाल पारा ओलम्पिक कमिटीले सानो गौचरनमा पत्रकार सम्मेलन आयोजना गर्दै १२ सदस्यीय नेपाली टोली घोषणा गरेको हो। हिमाल अर्यालको कप्तानीमा रहेको उक्त टोलीमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोम राई, फणिनारायण पौडेल, रमेश खत्री, वरुण मगर र राजु कट्वाल रहेका छन्। प्रशिक्षकमा भरत कार्की छन्। चैत १ देखि ६ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंका गरी चार राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

पहिलो राउन्ड रोबिन लिगका आधारमा खेल हुनेछ। लिगमा शीर्ष दुई स्थान हात पार्ने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। पत्रकार सम्मेलनमा नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, महासचिव प्रकाश चिलवाल, अन्तर्राष्ट्रिय ह्लिलचेयर क्रिकेट परिषद्का महासचिव रघुकुमार आर, एटिटिएफका अध्यक्ष कुमार पौडेललगायतको उपस्थिति थियो।

प्रकाशित: १९ फाल्गुन २०७९ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App