१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

पाँच खेलसम्म नेपाल अपराजित

विश्वकप क्रिकेट लिग–२ मा अपराजित यात्रालाई पाँचौं खेलसम्म निरन्तरता दिँदा सोमबार नेपाल पपुवा न्युगिनी (पिएनजी) माथि ४ विकेटको सहज जित निकालेको छ।  

संयुक्त अरब इमिरेट्स (युएई) स्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार २ सय ४ रनको लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो। यससँगै नेपालले २९ खेलबाट २८ अंक जोड्दै सात राष्ट्र सम्मिलित लिग–२ को शीर्ष तीनको सम्भावना कायमै राखेको छ। लिग–२ को शीर्ष तीनमा रहन नेपालले अब बाँकी सात खेलमध्ये ६ मा जित्नुपर्नेछ। एकदिवसीय मान्यता जोगाउन भने नेपालले चार खेल जित्नुपर्नेछ। पराजित पिएनजी भने २९ खेलबाट पाँच अंकसहित पुछारमा छ।  

उत्कृष्ट बलिङ प्रस्तुत गरेको नेपालले ब्याटिङमा पनि पहिलो विकेटका लागि राम्रो सुरुआत ग¥यो। नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले ७६ रनको साझेदारी गरे। कुशलले ५६ रनको अर्धशतकीय इनिङ खेल्दा आसिफ ४४ रनमा रनआउट हुन पुगे। यी दुईबीच तालमेल नमिल्दा आसिफ रनआउट भएका हुन्। कुशलले ५९ बलमा र आसिफले ४९ बलमा समान पाँच चौका हिर्काए। नेपालले लगत्तै दोस्रो विकेट पनि गुमायो। ज्ञानेन्द्र मल्ल ४ रनमै आउट हुन पुगे। तर, त्यसपछिका ब्याटर कप्तान रोहित पौडेल, आरिफ सेख र दीपेन्द्रसिंह ऐरीले योगदान दिएपछि नेपालले २८ बलअगावै जित रच्यो।  

रोहितले २२ रन, दीपेन्द्रले २२ र आरिफ शेखले ३३ रन जितनजिक पु¥याए। यसबीच आरिफ र दीपेन्द्रले पाँचौं विकेटका लागि ५४ रनको साझेदारी गरे। कुशल मल्ल १२ रनमा र सोमपाल कामी ५ रनमा अविजित रहे। पिएनजीका असद भालाले तीन तथा नोर्मन भानुआ र सेसे बाउले १÷१ विकेट लिए पनि नेपालको जित रोक्न सकेनन्। यसअघि नेपालले लिग–२ अन्तर्गत घरेलु मैदानमा नामिबिया र स्कटल्यान्ड सम्मिलित चार खेलको शृंखलामा शतप्रतिशत सफलता पारेको थियो। युएई भ्रमणको पहिलो खेल पनि जित्दै नेपालले लगातार पाँचौं सफलता प्राप्त गर्यो।  

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३ रन जोड्यो। सुरुदेखि दबाबमा राखेका नेपाली बलरले पाँचौं ओभरको पहिलो बलमा विकेट लिए। सोमपाल कामीले ओपनर टोनी उरालाई २ रनमा बोल्ड गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाए। त्यसपछि पिएनजीले धैर्यपूर्वक ब्याटिङ गरे पनि ठूलो योगफल बनाउन सकेन। पिएनजीका कप्तान असद भाला र चाड सोपेरले समान ३६ बनाए। सेसे बाउले ३१, किप्लिन डोरिगाले २९ र नोर्मन भानुआले २५ रन जोडे। नेपालका बलर गुल्सन झाले तीन विकेट लिए।  

९ ओभरमा उनले २८ रन मात्र खर्चिए। कुशल मल्लले दुई तथा सोमपाल, करण केसी र डेब्युट्यान्ट प्रतीश जिसीले समान १ विकेट लिए। यो शृंखलामा नेपाल, युएई र पिएनजी छन्। नेपालले अब बिहीबार युएईविरुद्ध शृंखलाको दोस्रो खेल खेल्नेछ। युएई पनि शीर्ष तीनको दाबेदार रहेकाले घरेलु टोलीविरुद्ध जित निकाल्ने लक्ष्यका साथ नेपाल उत्रनेछ। युएई २८ खेलमा २९ अंकसहित पाँचौं स्थानमा छ। लिग–२ को खेल सकाएको नामिबिया ३६ खेलबाट ३९ अंकसहित तेस्रो स्थानमा छ। लिग–२ का शीर्ष तीन राष्ट्रले सीधै विश्वकपको छनोट खेल खेल्न पाउनेछन्। 

प्रकाशित: १६ फाल्गुन २०७९ ०१:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App