दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ बुधबारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ।लुम्बिनी प्रदेशलाई ३–० गोलले हराउँदै आर्मीले विजयी सुरुआत गरेको हो।
खेलको पहिलो हाफमा दुई गोल गरेको आर्मीले दोस्रो हाफमा लुम्बिनीबाट आत्मघाती गोल उपहार पाएको थियो।
आर्मीका लागि २३ औँ मिनेटमा जर्सी नं २१ का भरत खवासले पहिलो गोल गरेका थिए भने दोस्रो गोल जर्सी नं १० का लाकेन लिम्बुले ५२ औँ मिनेटमा गरेका थिए।
खेलको ६४ औँ मिनेटमा लुम्बिनी प्रदेशका जर्सी नं. ४ का विकास लिम्बुले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गरेका थिए।
प्रतिस्पर्धात्मक खेलमा लुम्बिनी प्रदेशका फागुराम थारुलाई पहेँलो कार्ड देखाइएको थियो। आजै हुने दोस्रो खेलमा कोशी प्रदेश र बागमती प्रदेश भिड्दैछन्। खेल २ः३० बजेबाट सुरु हुनेछ।
प्रकाशित: ९ मंसिर २०८३ ११:३३ बुधबार





-600x400.jpg)