२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

ट्राइब्रेकरमा संकटाको भाग्य

चितवन- प्रतिस्पर्धात्मक खेलमा झापा–११ लाई टाइब्रेकरमा ३–१ ले पन्छाउँदै संकटा क्लब नारायणगढमा जारी विकास  रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। बुधबार निर्धारित समयभित्र दुवैले २–२ गोल गरेपछि पेनाल्टी सुटआउटमा खेलको निर्णय भएको थियो।

पेनाल्टी सुटआउटमा संकटाका असिमजंग कार्की, निराजन खड्का र विश्व अधिकारीले गोल गरेका थिए। झापाका ओमविक्रम घलेले मात्र गोल गरे। पुष्प मादेनको प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले बचाए भने गणेश हेमरनको प्रहार पोलमा ठोक्किँदा राजकुमार लिम्बुको पेनाल्टी प्रहार बाहिरियो।

विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको झापाले संकटालाई कडा टक्कर दिएको थियो। खेलको ३१ औं मिनेटमाभिक्टर एमोबीले गोल गरेर टोलीलाई अग्रता दिलाए। लगत्तै ३२ औं मिनेटमा संकटाका असिमजंग कार्कीले गोल थप्दै झापामाथि दबाब बढाएका थिए। मध्यान्तरअघि सुस्त रहेको झापा मध्यान्तरपछि मात्रै लयमा फर्केको हो।

झापाबाट दुवै गोलसनुका लिम्बुले गरे थिए। दर्शकको समर्थन पाएको झापाका लागि सनुकाले ५५ औं र ६७ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछिनिर्धारित ९० मिनेटभित्र दुवै टोलीपोस्टमा थुप्रै प्रहार गरे पनिसफल हुन सकेन।

खेलमा संकटाका असिमजंग कार्की म्यान अफ दी म्याच भए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए। बिहीबार पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले मोरङ फुटबल क्लबसँगखेल्नेछ।

 

प्रकाशित: ११ कार्तिक २०७३ ०२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App