बूढानीलकण्ठले शुक्रबार छैटौं काष्ठमण्डप कप थ्री बाई थ्री अन्तर ‘ए’ लेभल छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।
मण्डिखटारस्थित आयोजक काष्ठमण्डप ‘ए’ लेभल एकेडेमीको कोर्टमा भएको फाइनलमा बूढानीलकण्ठले नामीलाई २०–१५ ले पराजित ग¥यो। विजयी टिमका लागि अर्चित थापाले सर्वाधिक ९ स्कोर गरे। अर्चित नै मोस्ट भेलुएबल प्लेयर घोषित भए। शुक्रबारै भएको सेमिफाइनलमा बूढानीलकण्ठले काष्ठमण्डपलाई १७–११ तथा नामीले साइपाललाई २०–१७ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए।
विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, काष्ठमण्डपकी संस्थापक निर्देशक एवं प्रिन्सिपल डा. शिवा थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। दुईदिने प्रतियोगितामा ११ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको काष्ठमण्डपका इसिए को–ओर्डिनेटर सुन्दर बुढाथोकीले जनाएका छन्।
प्रकाशित: १३ फाल्गुन २०७९ ००:२४ शनिबार