१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

म्यानचेस्टर युनाईटेडसँग पराजित बार्सिलोना युरोपा लिगबाट बाहिरियो

म्यानचेस्टर युनाईटेडसँग पराजित हुँदै स्पेनिस क्लब बार्सिलोना युरोपा लिग फुटबलबाट बाहिरिएको छ। जितसँगै युनाईटेड युरोपा लिगको राउण्ड अफ १६ मा प्रवेश गरेको छ।

गए राति युनाईटेडको घरेलु मैदानमा भएको नकआउट चरणको प्ले अफको दोस्रो लेगमा बार्सिलोना २-१ गोलले पराजित भएको हो। युनाईटेडलाई जिताउन फ्रेड र एन्टोनीले एकएक गोल गरे। बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले एक गोल गरे।

खेलको १८ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। खेलको ४७ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडलाई १(१ गोलको बराबरीमा ल्याए।त्यसपछि खेलको ७३ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाईटेडलाई २-१ को जित दिलाए।

बार्सिलोनाको क्याम्पनाउमा भएको पहिलो लेगमा युनाईटेड र बार्सिलोनाले २(२ गोलको बराबरी खेलेका थिए। ओल्ड ट्राफोर्डमा भने युनाईटेड २-१ गोलले विजयी भयो।

प्रकाशित: १२ फाल्गुन २०७९ ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App