२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

रोकियो म्यानचेस्टर सिटी

म्यानचेस्टर सिटी यूएफए च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा लाइपजिगसँग बराबरीमा रोकिएको छ।

गए राति भएको खेलमा सिटी जर्मन क्लब आरबी लाइपजिगसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

लाइपजिगको मैदान रेड बुल रंगशालमा एक गोलको अग्रता जोगाउन नसक्दा सिटी बराबरीमा रोकिएको हो।

खेलको २७ औं मिनेटमा रियाद  महरेजको गोलमा सिटीले सुरुवाती बनाएको थियो। तर, खेलको ७० औं मिनेटमा लाइपजिगका जोस्को ग्वार्डीओलले गोल गर्दै लाइपजिगलाई १-१ गोलको बराबरीमा ल्याए।

यस बराबरीसँगै दुवै टोलीको अन्तिम आठमा पुग्ने सम्भावना कायम रहेको छ। दुई टोलीबीचको दोस्रो लेग मार्च १५ मा हुनेछ। जुन खेल सिटीको मैदानमा हुनेछ।

प्रकाशित: ११ फाल्गुन २०७९ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App