४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

एउटा ठूलै स्टारको सम्भावना

माल्दिभ्समा भएको पछिल्लो साफ च्याम्पियनसिप। त्यसको पनि बंगलादेशविरुद्धको लिग चरणको अन्तिम खेल। बराबरी अथवा जितमा नेपाल फाइनल पुग्ने समीकरण थियो। हारमा नेपाल प्रतियोगिताबाट बाहिरिन्थ्यो। यो त सबथोक गुमाउने अथवा पाउने अवस्था थियो।

यही खेलमा नेपाल लामै समय एक गोलले पछाडि थियो। खेलले ८८औं मिनेट छुदा अञ्जन विष्टले पेनाल्टीबाट गोल गरे। यस नतिजाबाट नेपाल ऐतिहासिक रूपमा फाइनल पुग्न सफल रह्यो। यही प्रतियोगिताको एक नायक खेलाडी हुन्, अञ्जन। नेपाली फुटबलका लागि कोही खेलाडीले यति तनावको स्थितिमा, यति महत्वको गोल अहिलेसम्म विरलैले मात्र गरेको होला।वर्ष ०७९ मा अञ्जनका लागि उम्दा रह्यो।चाहे त्यो घरेलु फुटबल होस् अथवा अन्तर्राष्ट्रिय।त्यसैले त हो, उनी नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ स्पोटर््स अवार्डअन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि पा“च खेलाडीको मनोनयन सार्वजनिक गर्दा त्यसमा परेका ।

मनोनयनमा पर्ने खेलाडीमा फुटबलका अञ्जनसँगै क्रिकेटका आसिफ सेख, भलिबलकी उषा भण्डारी, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामा छन्। फेरि अञ्जनमै फर्कने हो भने उनीसँग एउटा अर्को प्रसंग जोड्न मिल्छ। जति बेला श्याम थापा प्रशिक्षकका रूपमा नेपाली फुटबलमा थिए, उनी भन्थे, नेपाली फुटबलका लागि एउटा ठूलै स्टार चाहिन्छ। जति बेला अञ्जन नेपाली फुटबलमा सक्रिय भए, त्यति बेला ती लेजेन्डरी प्रशिक्षक भारत फर्किसकेका थिए ।

तर उनको भनाइको महत्व र सान्दर्भिकता  उस्तै छ।के अञ्जन त्यसको उत्तर हुन सक्छन् त? सम्भवत: सक्छन् र नेपाली फुटबल प्रेमीको इच्छा पनि त्यही हो। जति बेला नेपाली राष्ट्रिय टोलीका दुई महत्वपूर्ण खेलाडी किरण लिम्बु र रोहित चन्दको खेलजीवन उत्तरार्धतर्फ अग्रसर छ, त्यही बेला आफ्नो खेलजीवनको उत्कृर्षमा छन्, अञ्जन।यिनै अञ्जनलाई बढीभन्दा बढी मत दिएर पिपल्स च्वाइस अवार्डको विजेता बनाउने जिम्मेवारी हो, आम फुटबल प्रेमीको। अञ्जनको अन्तर्राष्ट्रिय खेल जीवनलाई ठ्याक्कै दुई भागमा विभाजन गर्न सकिन्छ।जति बेला उनले नेपालका लागि खेल्न सुरु गरे, उनी अरू खेलाडी जस्तै सामान्य रहे ।

ठीक यही बेला उनको खेलजीवनमा एउटा ठूलो वज्रपात परेको थियो।उनी केही समयका लागि निलम्बनको स्थितिमा रहे।हामी यहा“ त्यसको कारण खोज्ने क्रममा छैनौं, बरु त्यसपछि उनको खेलजीवनमा सकारात्मक परिवर्तन आयो।अचेल उनलाई भेट्नुपर्छ, उनी आप्mनो खेल जीवनप्रति असाध्यै गम्भीर देखिन्छन्। अनि उनको व्यक्तिगत स्वभाव पनि शान्त र सौम्य रहने गरेको छ।अञ्जन औपचारिक कुराकानीमा बारम्बार भन्ने गर्छन्, ‘मैले आफ्नो जीवनमा ठूलो पाठ सिक्ने मौका पाएको छु। म सायद धेरे फेरिएको छु ।’ हो पनि।अहिलेसम्म अञ्जनले नेपालका लागि ११ गोल गरिसकेका छन्।

अब उनी नेपाली फुटबलको त्यस ऐतिहासिक कीर्तिमानको निकै नजिक छन्, जसपछि उनी हुनेछन्, नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी। उनले अहिले जुन गतिले गोल गरिरहेका छन्, १३ गोल र त्योभन्दा परको कीर्तिमान धेरै टाढा देखिन्न। यही समीकरणबीच अञ्जन नेपाली राष्ट्रिय फुटबल टोलीको केन्द्रबिन्दु भएका छन्, मुख्य खेलाडीका रूपमा।ठीक अहिले भने उनी भारतमा छन्, त्यहा“को आई–लिगमा खेल्ने क्रममा। मुम्बई केन्क्रेबाट खेलिरहेका छन्। अब अञ्जनका लागि विदेशी लिगमा खेल्न नपाएको गुनासो पनि रहने छैन।अञ्जनलाई मन पराउनले सक्दो मत दिऔं।

प्रकाशित: ११ फाल्गुन २०७९ ००:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App