१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

अन्तर कलेज महिला–पुरुष बास्केटबल प्रतियोगिताको उपाधि मेघा कलेजलाई

प्रदेश १ स्तरीय अल्फा बिटा अन्तर कलेज महिला–पुरुष बास्केटबल प्रतियोगिताको दुवै उपाधि धरान मेघा हिमालयन कलेजले जितेको छ।

धरान १६ स्थित मिनी कभर्ड हलमा बुधबार सम्पन्न प्रतियोगिताको फाइनलमा महिलातर्फ सियोन स्कुल हराउँदै र पुरुषतर्फ इटहरीको राष्ट्रिय जनसहयोग कलेजलाई हराउँदै धरान मेघा हिमालयनले उपाधि जितेको हो। महिलातर्फको फाइनलमा धरान मेघाले सियोजनलाई २९–११ स्कोरले हराएको थियो। धरान मेघा र सियोन स्कुलले प्रत्येक क्वाटरमा ३–१, ६–४, ८–० र १२–६ अंक जोडेका थिए।

यस्तै, अत्यन्तै रोमाञ्चक एवं प्रतिस्पर्धात्मक भएको पुरुषतर्फको फाइनलमा धरान मेघाले राष्ट्रिय जनसहयोगलाई ४२–३९ को झिनो स्कोरले हरायो। उक्त फाइनल खेलमा धरान मेघा र राष्ट्रिय जनसहयोगले प्रत्येक क्वार्टरमा १३–१२, १३–७, ७–१४ र ९–६ अंक जोडेको थियो। फाइनल खेलमा धरान मेघाका सितल तामाङले १० र धरान मेघाका युवाहाङ राईले व्यक्तिगत १९ स्कोर गरेका थिए।

पुरुषतर्फको विजेता धरान मेघाले उपाधि ट्रफीसङ्गै नगद ३० हजार र महिलातर्फ २० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। पुरुषतर्फका उपविजेता राष्ट्रिय जनसहयोग कलेजले नगद २० हजार, महिला तर्फ उपविजेता सियोन स्कुलले नगद १० हजार रुपैयाँ , ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि मोस्ट भ्यालुएवल प्लेयर धरान मेघा कलेजको १२ कक्षामा अध्ययनरत योगेश राई र स्नातक पहिलो वर्षमा अध्ययनरत तनु राईले जितिन्। दुवै दिदी भाइ हुन्। उनीहरुलेजनही नगद २ हजार ५ सय, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन्। दुबै जना धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको सिफारिसमा छात्रवृत्तिमा अध्ययनरत हुन्।

प्रतियोगिताको हाइ स्कोररको पुरस्कार महिला तर्फ धरान मेघा कलेजका सितल तामाङले जितिन्। उनले तीन म्याचमा व्यक्तिगत २५ अंक जोडिन्। पुरुषतर्फ राष्ट्रिय सनसहयोग कलेजका अस्मिल राई घोषित भए। उनले ४ म्याचमा ४२ अंक जोडेका थिए। दुवैले नगद २ हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरे। प्रतियोगिताको उदयीमान खेलाडी धरान मेघाका सबिन राई र सियोन स्कुलका सेरिना लिम्बू घोषित भइन्।

प्रकाश पौडेल ३ पोइन्ट कम्पिटिसन

प्रतियोगिताको फाइनल खेलअघि आयोजना भएको प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटिसनमापुरुषतर्फ धरान सिटि कलेजका हेमराज लिम्बू र महिलामा धरान मेघाकी तनु राई विजेता भए। हेमराजले तीस सेकेन्डमा ४ र तनुले ३ बास्केट गरेका थिए। उनीहरु दुवैले जनही नगद ३ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्। थ्री पोइन्ट कम्पिटिसन चर्चित कलाकार एव धरानका पूर्व बास्केटबल खेलाडी प्रकाश पौडेलले प्रायोजन गरेका हुन्। 

धरान बास्केटबल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित प्रतियोगिताको समापनमा मेयर हर्क साम्पाङ प्रमुख अतिथि थिए। सुनसरी बास्केटबल संघको प्राविधिक सहयोग तथा अल्फा विटा कोयोला एजुकेसन कन्सलटेन्सिको मुख्य प्रायोजन रहेको थियो। 

प्रकाशित: १० फाल्गुन २०७९ १४:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App