१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

अग्रता जोगाउन नसक्दा सिटी बराबरीमा रोकियो

अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङघम फरेस्टसँग बराबरी खेलेको छ।

शनिबार राति भएको खेलमा सिटीले नटिङघम फरेस्टसँग १-१ गोलको बराबरी खेलेको हो।

सुरुवाती अग्रता जोगाउन नसक्दा सिटीले नटिङघम फरेस्टसँग अंक बाँड्नुपरेको हो। बेर्नार्डो सिल्भाले खेलको ४१ औं मिनेटमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफको ८४ औं मिनेटमा क्रिस उडले गोल गर्दै नटिङघमलाई १-१ गोलको बराबरीमा ल्याए। यस बराबरीसँगै सिटीले २४ खेलमा ५२ अंक जोडेको छ। सिटी दोस्रो स्थानमा रहेको छ।

प्रकाशित: ७ फाल्गुन २०७९ ०२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App