२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नामिबियाविरुद्धको खेलमा नेपालका आसिफ सेख र ज्ञानेन्द्र मल्लले अर्धसतक पुरा गरे

क्रितिपुरको क्रिकेट मैदानमा विहान ९ वजेदेखि सुरु भएको नेपाल र नामिबियाबीचको खेलको दोश्रो इनिङ भईरहेको छ। नेपालले २३ ओभरमा १ विकेट गुमाएर ११८ रन बनाएको छ। आसिफले ६९ बलमा १ छक्का र ६ चौक्कासंगै ५३ रन बनाएर खेलिरहेका छन। त्यसैगरी ज्ञानेन्द्र मल्ल ६४ बलमा २ छक्का  ५ चौक्कासंगैै ५२ रन बनाएर खेलिरहेका छन।  कुसल भुर्तेल १ रन बनाएर आउट भएका छन।  

टस हारेर  पहिला व्याटिङ   गरेकाे नामिबियाले नेपालविरुद्ध ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनाएपछि घरेलु टोलीले जितको लागि २७५ रन बनाउनु पर्ने भएको छ। अहिले आसिफ सेख र ज्ञानेन्द्र मल्ल क्रिजमा छन्। 

नेपाली खेलाडीको हौसला बढाउन क्रितिपुर क्रिकेट मैदानमा हजारौको संख्यामा नेपाली प्यानहरु उपस्थीत रहेका छन। 

प्रकाशित: ६ फाल्गुन २०७९ ०८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App