२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

नेपालले गुमायो ६ विकेट

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलाअन्तर्गत भएको खेलमा स्कटल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य पछयाएको नेपालले छैठौँ विकेट गुमाएको छ।  

शुक्रबार टियु क्रिकेट मैदानमा जारी खेलको २७.१ ओभरमा कुशल मल्लले ८१ रनमा विकेट गुमाएको हुन्।  

पहिलो ओभरमा २३ रन बनाएको नेपालले दोस्रो ओभरमा ८ रन बनायो भने तेस्रो ओभरमा २ विकेट गुमाएको थियो। यस्तै ४.४ ओभरमा आशिफ शेखलाई ९ रनमा गुमाएको नेपालले १०.५ ओभरमा सन्दीप जोहरालाई ५ रनमा गुमाएको हो।  

नेपालका ओपनर कुशल भुर्तेल ८ बलमा १६ रन बनाएर क्याच आउट भए। यस्तै पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ३ बलमा एक चौका प्रहार गरि ४ रनमा क्याच आउट भए।  सताइसौँ ओभरको सुरुवातमा नेपालले ६ विकेट गुमाएर १७७ रन बनाएको छ।  

स्कटल्यान्डका लागि क्रिस्टोफर सोलले ३ विकेट र मार्क वाटले २ विकेट लिएका हुन् भने हामजा थाइरले १ विकेट लिएका हुन्।  

प्रकाशित: ५ फाल्गुन २०७९ ०९:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App