२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

कुशलको अर्धशतक पूरा, याे दोस्रो एकदिवसीय अर्धशतक

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलाअन्तर्गत भएको खेलमा स्कटल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य पछयाएको नेपालका लागि कुशल मल्ले अर्धशतक पूरा गरेका छन्।  

शुक्रबार जारी त्रिवि क्रिकेट मैदानमा नेपालका लागि कुशलले  ४२ बलमा ६ चौका र ३ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका हुन्। यो कुशलको दोस्रो एकदिवसीय अर्धशतक हो। 

यो सँगै नेपालले  १८ ओभरमा  ५ विकेट गुमाएर १ सय  २४ रन बनाएको छ। नेपालका कुशल भुर्तेल १६ रन र अर्का ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए।

क्रिजमा अहिले कुशल मल्ल र दिपेन्द्र सिंह ऐरी रहेका छन्। मल्ल ५२ रनमा अविजित रहँदा ऐरी १९ रनमा अविजित रहेका छन्।

कुशलको एकदिवसीय अन्तराष्ट्रियमा दोस्रो अर्धशतक हो।  टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको हो ।  

स्कटल्याण्डका लागि माईकल लिस्कले ८५ बलमा १ सय ७ रनको शतकीय ईनिङ खेले। उनले ३ चौका तथा ९ छक्का प्रहार गरे ।  

उनले ७९ बलमा ३ चौका र ९ छक्काको सहयोगमा १ सय रन बनाएका थिए। एकदिवसीय अन्तराष्ट्रियमा उनको यो पहिलो शतक हो।  नेपालविरुद्धको आजको खेलमा डेब्यु गरेका ज्याक जार्किभले २६ रन बनाए।  

नेपालले पावर प्ले नसकिँदै शीर्ष क्रमका ब्याटर गुमाइसकेको छ । नामिबियाविरुद्धको खेलमा शतक प्रहार गरेका ओपनर कुशल भुर्तेल ८ बल खेल्दै ४ चौका प्रहार गरेर १६ रनमा आउट भए ।

आसिफ शेख ९, ज्ञानेन्द्र मल्ल ४, कप्तान रोहित पौडेल ६ र सुन्दिप जोरा ५ रनमा पभेलियन फर्किएपछिनेपाल संकटमा परेको हो ।

स्कटल्यान्डका तीब्र गतिका बलर क्रिस सोलले तीन र मार्क वाटले दुई विकेट लिए।

प्रकाशित: ५ फाल्गुन २०७९ ०९:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App