३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

सूर्यज्योति दी अमेजिङ मोटर र्‍याली हुँदै

रोटरी क्लब अफ काठमाडौं र केजिएफ फाउन्डेसनको सहकार्यमा शनिबार सूर्यज्योति दी अमेजिङ मोटर र्‍याली २०२३ हुने भएको छ।

काठमाडौंको प्रदर्शनीमार्गबाट सुरु हुने र्‍याली चितवन हुँदै पोखराको विन्दवासिनी मन्दिर चोकका साथै बाग्लुङ हाइवे, केजिएफ हिमालयन फ्रन्ट होटल सारङकोटमा पुगेर सम्पन्न गर्ने कार्यक्रम छ। र्‍यालीमा ५० गाडीमा एक सय ५० जना सहभागी हुने बताइएको छ। नेपाल पर्यटन बोर्डको सहयोगमा सञ्चालन हुने यस मोटर ¥यालीले आन्तरिक पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउने लक्ष्य लिइएको छ । त्यस्तै आँखामा लाग्ने क्यान्सर रोगबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्य पनि आयोजकको छ।

साधारण व्यक्तिहरूले चलाउने गाडीको स्पिडलाई ध्यानमा राखेर टिडिएस (टाइम, डिस्ट्यान्स र स्पिड) को आधारमा विजेता घोषणा हुने आयोजकले जनाएको छ। विजेतालाई नेपाल एयरलाइन्सबाट काठमाडौं–बैंककको हवाई टिकट, दोस्रो स्थानको खेलाडीले बुद्ध एयरको माउन्टेन फ्लाइटको टिकट र तेस्रो स्थानको खेलाडीले बुद्ध एयरको काठमाठौं–पोखरा–काठमाडौंको टिकट प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रकाशित: ५ फाल्गुन २०७९ ०२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App