३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

पीएसजी मोनाकोसँग पराजित

फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) मोनाकोसँग पराजित भएको छ।

गए राति स्टेड लोइस सेकेण्डमा भएको खेलमा पीएसजी मोनाकोसँग ३-१ गोल अन्तरले हारेको हो।

मोनाकोलाई जिताउन विसम बेन एड्डरले दुई गोल र एलेक्सान्ड्रा गोलोभिनले एक गोल गरे। पीएसजीका वारेन इम्रीले एक गोल फर्काए।

खेलको चौथो मिनेटमै गोलोभिनले गोल गर्दै मोनाकोलाई सुरुवाती अग्रता दिलाएका थिए। १८ औं मिनेटमा बेन एड्डरले गोल गर्दै मोनाकोको अग्रता दोब्बर बनाए।

पीएसजीका ३९ औं मिनेटमा इम्रीले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा विसमले व्यक्तिगत दोस्रो गोल गर्दै मोनाकोलाई ३-१ को जित दिलाए। यो जितसँगै मोनाको २३ खेलमा ४७ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ।पीएसजी ५४ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ।

प्रकाशित: २९ माघ २०७९ ०२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App