४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

रमेश 'हिमालयन गल्फ क्लब च्याम्पियन'

हिमालयन गल्फ क्लब च्याम्पियनसिपको उपाधि रमेश गुरुङले दोहोरो जितेका छन्। उनले शनिबार पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्समा भएको प्रतिस्पर्धामा पाँच ओभर ७४ स्कोर निकाल्दै गल्फ च्याम्पियनको उपाधि जितेका हुन्। स्टेबल फोर्ड ह्याण्डीक्यापमा खेलिएको प्रतिस्पर्धामा ग्रस तर्फको उपाधि समेत आफ्नो नाममा लेखाए। पार ६९ को कोर्समा १८ पुरा गर्दा ग्रस तर्फको उपविजेता भने प्रज्वल गुरुङ बने। उनले ७९ स्कोर गर्दै उपविजेतामा सीमित भएका हुन्। 

त्यस्तै गल्फ वार्षिक प्रतियोगिताको उपाधि भने राजु थकालीले जितेका छन्। सन २०२२ मा विभिन्न प्रतिस्पर्धाको आधारसँगै शनिवार भएको प्रतिस्पर्धामा उनले उपाधि जितेका हुन्। उनी क्लबका १६ ह्याण्डीक्याप गल्फर हुन्। त्यस्तै उपविजेता भने मेजर अमरिश शुक्ला भए। 

नेट तर्फको प्रतिस्पर्धामा भने सन्तोष गुरुङले उपाधि जित्न सफल भए। उनले कोर्समा ६ अण्डर ६३ को कार्ड बनाउँदै उपाधि जित्न सफल भएका हुन्। बसन्त गौचन उपविजेता बन्दा राजेश थापा तेस्रो स्थानमा रहे। बसन्त गौचनले ४ अण्डर ६५ को कार्ड बनाए। तेस्रो  भएका थापाले एक अण्डर ६८ को स्कोरमा टुंग्याएका थिए। 

अतिथि तर्फको नेट प्रतिस्पर्धामा नेपाली सेनाका जनरल सुदर्शन सिल्वालले उपाधि लेखाए। उनले दुई ओभर ७१ को स्कोर बनाए। त्यस्तै राम थापा उपविजेता बने। उनले ६ ओभर ७५ को स्कोरमा शनिबारको प्रतिस्पर्धा सकेका थिए। 

२६ गल्फरको प्रतिस्पर्धाको रहेको प्रतियोगितामा लालबहादुर गुरुङले होल नजिक हिर्काउँदै नगद १ हजार रुपैयाँ प्राप्त गरे। त्यस्तै प्रज्वल  गुरुङले सबैभन्दा टाढा हिर्काउँदै नगद १हजार पुरस्कार थापे। पुरस्कारको प्रायोजन गल्फर भक्तराज गुरुङ गरेका थिए। विजेता गल्फरहरुलाई कास्की जिल्ला गल्फ संघमा उपाध्यक्ष जीवाराम गुरुङ, सचिव इन्जिनियर गोविन्द गौचन, नेपाली सेनाका जनरल सुदर्शन सिल्वाल लगायतले ट्रफी प्रदान गरेका थिए। 

प्रकाशित: २८ माघ २०७९ ०९:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App