१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

समाजिक र नयाँबस्ती युवा विजयी

काठमाडौं- स्मारक 'बी' डिभिजन लिग फुटबलमा सामाजिक युथ क्लब र नयाँवस्ती युथ क्लबले महत्वपुर्ण जित हासिल गरेको छन। बुधबारको पहिलो खेलमा नयाँवस्तीले पुल्चोक स्पोर्टस क्लबलाई २–१ हरायो। खेलको अन्त्यतिर साजन राईले गोल गरेपछि नयाँवस्तीले जित पाएको थियो। प्रदिप मगरले ७४औं मिनेटमा गोल गरेर सुरुआतमा नयाँवस्तीलाई अग्रता दिलाए। ७७औं मिनेटमा पुल्चोकका आशिष गुरुङले गोल गदै खेल बराबरी गरे। तर ९०औं मिनेटमा नयाँवस्तीका साजनले निर्णायक गोल गदै टोलीलाई ३ अंक दिलाए।

जितपछि नयाँवस्ती १० अंक सहित लिग अंक तालिकाको १०औं स्थानमा पुगेको छ। नयाँवस्तीले ९ खेलमा २ जित ४ बराबरी र ३ बराबरी खेलेको छ। बुधबार पराजित पुल्चोक स्पोर्टस क्लब १३ अंक सहित तालिकाको नवौं स्थानमा छ। पुल्चोकले ४ जित १ बराबरी र ४ खेलमा हारको सामना गरेको छ।

यसैगरी जारी लिगकै दौरान 'बी' डिभिजन फुटबलमा कीर्तिमानी सम्झौता गरेको डिभाइन व्वाइज युनियन र खुमलटार युथ क्लबले १–१ को बराबरी खेलेको छन।

खुमलटारका सुरज राउतले १३औं मिनेटमा गोल गदै टोलीलाई अग्रता दिलाए। कप्तान सुरजले बुधबार जारी लिगमा पाँचौ गोल गरेका थिए। व्वाइज युनियनका अविशेख लिम्बुले ६६औं मिनेटमा गोल गदै खेल बराबरी गरे। बराबरीपछि ब्वाइज युनियन १३ अंक सहित तालिकाको नवौ स्थानमा छ। खुमलटार आठौं स्थानमा छ। खुमलटारले ९ खेलबाट १२ अंक जोडेको छ।

खेल सकिनै लाग्दा सुबास तामाङले गोल गरेपछि सामाजिक युथ क्लबले बाँसबारी क्लबलाई ३–२ ले हरायो। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा बाँसबारीले २१औं मिनेटमा अग्रता लिएको थियो। सुनिल बिकले गोल गदै सुरुआतमा बाँसबारीलाई अग्रता दिलाए। तर पहिलो हाफमा भुवन बस्नेतको गोलबाट सामाजिकले बराबरी गरेको थियो। ७९औं मिनेटमा सामाजिकका सुरेश खत्रीले गोल गरे। इन्जुरी समयमा बाँसबारीका बिनोद गुरुङले गोल गदै खेल २–२ को बराबरीमा पुर्‍याएका थिए। तर खेलको अन्तिम समयमा सुबास तामाङले गोल गदै सामाजिकलाई जित दिलाए। जित पछि सामाजिकले ७ अंक जोडदै तालिकाको १३औं स्थानमा पुगेको छ।

१० अंक जोडेको बाँसबारी तालिकाको नवौ स्थानमा छ।  

प्रकाशित: ६ आश्विन २०७३ ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App