४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

सन्दीपसहितको राष्ट्रिय टिम घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गरेको छ। क्यानले बिहीबार नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिममा पूर्व कप्तान सन्दीप लामिछानेसहितकाे १४ सदस्सीय टिम घोषणा गरेको हो।

 बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएपछि सन्दीप पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन्।

एक नाबालिकलाई बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो। तर, पोखरामा बसेको क्यान बोर्ड बैठकले मुद्दाको किनारा नलाग्दै सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो। क्यानले गत भदौ २३ गते सन्दीपलाई निलम्बन गरेको थियो। सन्दीपविरुद्धको बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ।    

गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। सन्दीप पुस १९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए। नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्ने छन्।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ।   सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ। जुन खेल फेब्रुअरी १४ मा हुनेछ। यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ। नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा पुनः खेल्नेछ।

नेपाली टोलीः

May be an image of text that says 'ICC ME' WORLD CUP MEN'S LEAGUE 2 CAN SCOTLAND NEPAL-NAMIBIA-SCOTLAND TRI SERIES KIRTIPUR, NEPAL FEBRUARY 14 2023 SQUAD ANNOUNCEMENT (NEPAL) ROHIT PAUDEL © KUSHAL BHURTEL AASIF SHEIKH GYANENDRA MALLA KUSHAL MALLA DIPENDRA SINGH AIREE SUNDEEP JORA SOMPAL KAMI KARAN Kc LALIT RAJBANSHI SANDEEP LAMICHHANE GULSHAN JHA BHIM SHARKI SURYA TAMANG RESERVES AARIF SHEIKH PRATISH GC| SHYAM DHAKAL ARJUN SAUD (MAUSAM) @CricketAssociationofNepal /cricketAssocationONepalOfficial.AN @CricketNep'

प्रकाशित: २६ माघ २०७९ १५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App