कृष पाण्डेको दुई गोल मद्दतमा आयोजक द एक्सेल्सियर स्कुल र काष्ठमण्डप बुधबार नवौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलतर्फ फाइनलमा प्रवेश गरेका छन्।
स्वयम्भूस्थित घरेलु मैदानमा एक्सेल्सियरले रेडिअन्ट पब्लिकलाई ३–० गोलले पराजित गर्यो।कृषका अलावा एक्सेल्सियरका साहिलराज थापाले एक गोल थपे। काष्ठमण्डपले संस्कृति इन्टरनेसनल स्कुललाई ५–० को फराकिलो गोलअन्तरले हरायो। विजेताका सुप्रिम बोहराले दुई तथा सहज ढकाल, आध्यान शेरचन र ईशान पराजुलीले १÷१ गोल गरे।यु–१६ ब्वाइज फुटबलमा ग्रिनफिल्ड नेसनल स्कुल र न्यु इराले उपाधि भिडन्त पक्का गरे।ग्रिनफिल्डले श्री सञ्जय साईलाई ५–० गोलले पाखा लगायो।ग्रिनफिल्डका लागि धर्मिन्द्र बोहरा र उपेन्द्र बोहराले समान २÷२ तथा आयुश दूतराजले एक गोल गरे। न्यु इराले हार्टल्यान्ड एकेडेमीलाई २–१ गोलले पन्छायो।न्यु इराका पेम्बा तामाङ र शशांक थापाले १÷१ गोल गरे।हार्टल्यान्डका प्रशान्त धामीले सान्त्वना गोल गरे।
सिनियर ब्वाइज बास्केटबलमा जेनिथ र रेडिअन्ट पब्लिक उपाधिका लागि भिड्ने भएका छन्। जेनिथले मोर्डन इन्डियन स्कुल (एमआईएस) लाई ४२–३४ ले पराजित गर्यो। जेनिथको जितमा सुशिल शाहीले १६ अंक योगदान गरे।
सुवास गौतमको २३ अंक सहयोगमा रेडिअन्टले ओएसिसलाई ५३–५१ को साँघुरो अन्तरले हरायो। गल्र्समा संस्कृति र काष्ठमण्डपले फाइनल यात्रा तय गरे। संकृतिले रातो बंगलामाथि १८–१६ को कठिन जित दर्ता गर्यो। संस्कृतिकी ओमी मास्केले ९ स्कोर गरिन्। रेडिअन्टविरुद्ध काष्ठमण्डप १२–११ को झीनो अन्तरले विजयी भयो।काष्ठमण्डपकी रिया राईले ६ अंक जोडिन्।प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ।
प्रकाशित: २६ माघ २०७९ ००:३९ बिहीबार





