१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आयोजक एक्सेल्सियर क्वार्टरफाइनलमा

डोमा छिरिङ गुरुङको प्रेरणामा आयोजक द एक्सेल्सियर स्कुल नवौं एक्सेल्सियर कपअन्तर्गत गल्र्स बास्केटबलतर्फ आइतबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले पाठशाला नेपाललाई ९–३ ले पराजित गर्‍यो। एक्सेल्सियरकी डोमाले सात स्कोर गरिन्। सिनियर गल्र्समै मोर्डन इन्डियन स्कुल(एमआइएस) र रातो बंगला पनि क्वार्टरफाइनलमा पुगे। एमआइएसले क्लिन्टनलाई १७–६ तथा रातो बंगलाले स्वर्णिमलाई १७–१० ले हराए। एमआइएसकी अन्समा तुलाचन तथा रातो बंगलाकी अंशु उरावले समान ८÷८ अंक जोडे। सिनियर ब्वाइज बास्केटबलमा पिपुल्स एकेडेमी, एमआइएस र नेपालयले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे।

पिपुल्सले स्वर्णिमलाई २४–२१, एमआइएसले एक्सेल्सियरलाई ४१–१८ र नेपालयले एलआरआईलाई ४३–१८ ले पाखा लगाए। पिपुल्सका राकेश भुजेलले १४, एमआइएस आयुश राईले १८ र नेपालयका विजेन थापा मगरले २२ अंक बटुले।

फुटबलर्फ यु–१२ ब्वाइजमा बृहस्पति विद्यासदनले एक्सेल्सियरलाई ४–० र रिब्सलाई ५–१, लोयल्टी एकेडेमीले द चाँदबाग स्कुललाई ७–१, श्री सञ्जय साईले ओराकललाई १–० तथा काष्ठमण्डपले श्री सञ्जय साईलाई ८–० गोलअन्तरले पराजित गरे। एक्सेल्सियर ‘नीलो’ र रिब्सले १–१ को बराबरी खेले। यु–१६ ब्वाइजमा एक्सेल्सियरले रिब्स ‘बी’ लाई ४–१, रिब्स ‘बी’ ले लोयल्टीलाई ७–१ र लोयल्टीले श्री सञ्जय साईलाई ३–० ले हराए। एक्सेल्सियर र श्री सञ्जय साइले गोलरहित बराबरीमा खेल टुंग्याए।

प्रकाशित: २३ माघ २०७९ ०२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App