१५ चैत्र २०८० बिहीबार
खेल

फागुन दोस्रो सातादेखि आठौं संगम कप विल स्मृति फुटबल प्रतियोगिता

पोखरामा आयोजना हुदैं आएको नकाउट फुटबल प्रतियोगितामा अर्को फुटबल प्रतियोगिता थपिएको छ। सातौं संस्करणसम्म आयोजनापछि स्थगित भएको संगम कप फुटबल प्रतियोगिताले फेरी गति लिदैंछ। संगम क्लब आठौं संस्करणको संगम कप फुटबल प्रतियोगिता आयोजनाको संघारमा छ।  

क्लबले आठौं संस्करण पूर्व राष्ट्रिय खेलाडी विल तामाङप्रति समर्पित छ। ८ औं संगम कप विल स्मृति फुटबल प्रतियोगिता नाम दिएको छ। स्वर्गीय तामाङ क्लबका संस्थापक सदस्य हुन्। संगम क्लबले सहभागिता जनाउने फुटबल प्रतियोगितामा स्व. तामाङले कप्तानी जिम्मेवारी निभाउँदै आएका थिए।  

क्लबका अध्यक्ष नरेन्द्रजंग गुरुङले पोखराको फुटबल विकासको लागि संगम कपलाई निरन्तरता दिने अभियान अन्तर्गत आठौं संस्करणको प्रतियोगिता आँटिएको बताए। उनका अनुसार प्रतियोगिता आगामी फागुन ८ गतेदेखि पोखरा रंगशालामा शुरु हुने छ। प्रतियोगिता १३ गतेसम्म चल्ने छ।  

प्रतियोगितामा कास्की जिल्ला फुटबल संघमा आवद्ध क्लबहरुले मात्रै सहभागिता जनाउने पाउने छन्। ए डिभिजन लिग खेलेका खेलाडीहरुले क्लबले अनुबन्धन गर्न नपाउने प्रावधान आयोजक क्लबले बनाएको छ। संघमा आवद्ध क्लबहरुले यही माघ २९ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने क्लबले जनाएको छ। क्लबका अनुसार १२ वटा क्लबले टिम दर्ता गरिसकेको छन्।  

प्रतियोगितालाई सहारा हङकङले मुख्य प्रायोजन गरेको छ। संगम युकेले सह प्रायोजन गरेको छ। प्रतियोगितामा विजेताले १ लाख ७५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छ। उपविजेता क्लबले १ लाख रुपैयाँ प्राप्त गर्ने छ। प्रथम पुरस्कारको प्रायोजन पूर्व राष्ट्रिय खेलाडी स्व. विल तामाङको परिवारले गरेका छन्।  

विधागत रुपमा उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर र फरवार्डले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। सर्वोत्कृष्ट खेलाडीले नगद ७ हजारसहित ट्रफी पाउने क्लबका अध्यक्ष गुरुङले जानकारी दिए। उनका अनुसार क्र्वाटरफाईनलबाट प्रत्येक म्यान अफ दि म्याच घोषित खेलाडीले नगद १ हजार रुपैयाँ पाउने छन्।  

प्रकाशित: १७ माघ २०७९ ०८:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App