१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

हिसान स्पोट्र्स मिट: क्रिकेटको सेमिफाइनलमा अरनिको र कोसी कलेज

११ औं हिसान स्पोट्र्स मिटको बिहीबारको खेलको क्रिकेटमा अरनिको र कोसी, फुटबलमा होली चाइल्ड, विभिएस र कोसी विजयी भएको छन्।  

क्रिकेटको पहिलो खेलमा कोसी क्याम्पसले नेशनल एकेडेमीलाई ९३ रनले हराउँदै सेमिफाइनल यात्रा तय ग¥यो। टस जिती पहिलो ब्याटिङ थालेको कोसीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६५ रन बनायो। जसमा वसन्त यादवले ४६, अमित रायले ४३  रन बनाए। नेशनलका निरज मण्डलले २ विकेट लिए।

१ सय ६६ रनको लक्ष्य पाएको नेशनलले १३ ओभर ५ बल खेल्दै सबै विकेट गुमाउँदै ७२ रनमै समेटियो। जसमा नाजिम अंसारीले १५ रन बनाए। कोसीका म्यान अफ द म्याच विकाश दासले ४ विकेट लिए।

दोस्रो खेलमा अरनिको कलेजले शिक्षादीप कलेजलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। टस जिती ब्याटिङ थालेको शिक्षादीपले निर्धारित २० ओभरको खेलमा १९ ओभर २ बलमा सबै विकेटको क्षतिमा ८२ रनमै समेटियो। जसमा मिलेश देवले २१ र भोगेन्द्र यादवले १४ रन बनाए। अरनिकोका सुप्रिम बस्नेतले ३ तथा सागर मोची र राहुल नायकले २–२ विकेट लिए।

८२ रनको लक्ष्य पाएको अरनिकोले १७ ओभर खेल्दै ३ विकेटको क्षतिमा विजयी भयो। जसमा म्यान अफ द म्याच सागर मोचीले ३६ र अंकित मण्डल ३५ रन बनाए। शिक्षादीपका प्रतीक पोखरेल र सुजल बस्नेतले १–१ विकेट लिए।

त्यसैगरी, फुटबलको पहिलो खेलमा विभिएसले भानु कलेजलाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको छ। विभिएसका म्यान अफ द म्याच सेमन्त थापार र राहुल चौधरीले २–२ तथा डिल्लीराम थारुले १ गोल गरे।  

दोस्रो खेलमा उर्लाबारीको होली चाइल्ड कलेजले बुढीगंगााको जेभिर्यस कलेजलाई २–० को गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ। होली चाइल्डका म्यान अफ द म्याच आकाश गौतम र सहिल खड्काले १–१ गोल गरे।

तेस्रो खेलमा कोसी क्याम्पसले अर्किड कलेजलाई ट्राइब्रेकरमा ४–२ को गोल फरकमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि ट्राइब्रेकरबाट खेलको निर्णय भएको हो। खेलको १५ औं मिनेटमा अर्किडका जुनियर सावाँले गोल गर्दै अग्रता लिएका थिए। खेलको म्यान अफ द म्याच  कोसीका धिरजकुमार गुप्ता भए।

प्रकाशित: १२ माघ २०७९ १४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App