१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

हिसान स्पोर्ट्स मिट: क्वाटरफाइनलमा विकेभिएम र कान्तिपुर

हिसान स्पोर्ट्स मिटको क्रिकेट खेलतर्फ विकेभिएम र कान्तिपुर कलेज विजयी हुँदै क्वाटरफाइनलमा पुगेका छन्।  प्रतियोगिताअन्तर्गत बुधबार भएको फुटबल खेलतर्फ रेडस्टार, जनक मेमोरियल र शिक्षादीप तथा भलीबल खेलतर्फ मोडर्न एरा र अर्किड कलेज विजयी भएका हुन्।  

क्रिकेटको पहिलो खेलमा कान्तिपुर कलेजले मेरिल्याण्ड कलेजलाई ५७ रनले गर्दै क्वाटरफाइनलमा पुगेको हो। टस जितेर पहिलो ब्याटिङ थालेको कान्तिपुरले निर्धारित २० ओभर खेल्दै ३ विकेटको क्षतिमा १ सय ४५ रन बनायो। जसमा म्यान अफ द म्याच राज वर्माले ५४ रन, नवराज संग्रौलाले ३१ रन र भोला महासेठले २७ रन बनाए। मेरिल्याण्डका अविजित राय र अभय मण्डलले समान १–१ विकेट लिए।

१ सय ४६ रनको विजयी लक्ष्य पाएको मेरिल्याण्डले निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा ८७ रनमै सीमित भयो। जसमा मिथलेश पोद्दारले २१ रन बनाए। कान्तिपुरका अविषेक मण्डलले २ विकेट लिए।

दोस्रो खेलमा विकेभिएम कलेजले कोबास कलेजलाई ७ विकेटले हराउँदै क्वाटरफाइनलमा पुगेको छ। टस जितेर ब्याटिङ थालेको कोबासले निर्धारित २० ओभरको खेलमा १८ ओभर खेल्दै सबै विकेटको क्षतिमा ९७ रन बनायो। जसमा दीपेश मण्डलले २२ रन बनाए। विकेभिएमका म्यान अफ द म्याच विक्रम मेहताले ४ र विजय यादवले ३ विकेट लिए।

९८ रनको लक्ष्य पाएको विकेभिएमले १३ ओभरमा ३ विकेट गुमाउँदै विजयी भयो। जसमा शिवम् यादवले २२ रन बनाए। कोबासका अभय यादव र दीपेश मण्डलले १–१ विकेट लिए।

त्यसैगरी, फुटबलको पहिलो खेलमा पथरीको रेडस्टार कलेजले विराटनगरको लर्डबुद्ध कलेजलाई ४–१ को गोल फरकमा हराएको छ। रेडस्टारका म्यान अफ द म्याच सुरज लिम्बूले ३ र संजोग राईले १ गोल गरे भने लर्डबुद्धका अनुज ताजपुरियाले १ गोल गरे।  

दोस्रो खेलमा ग्रामथानको जनक मेमोरियल कलेजले विराटनगरको कान्तिपुर कलेजलाई ट्राइब्रेकरमा ३–१ को गोल फरकमा पराजित गरेको छ। दुवै टोलीबाट कुनै गोल नभएपछि खेलको निर्णय ट्राइब्रकेरबाट भएको हो। म्यान अफ द म्याच जनकका गोलरक्षक जीवनकुमार सरदार थारु भए।

तेस्रो खेलमा शिक्षादीप कलेजले अरनिको कलेजलाई १–० को गोल अन्तरले पराजित गरेको छ। म्यान अफ द म्याच शिक्षादीपका बुद्ध श्रेष्ठले निर्णायक गोल गरे।

त्यस्तै, भलिबलको छात्रतर्फ मोडर्न एराले कोसी कलेजलाई २–१ को सेटले पराजित ग¥यो। म्यान अफ द म्याच मोडर्न एराका अर्जुन दंगाल भए। छात्रातर्फ अर्किड कलेजले पथरीको रेडस्टारलाई २–१ को सेटले पराजित ग¥यो। म्यान अफ द म्याच अर्किडकी राशिका परियार भइन्।

प्रकाशित: ११ माघ २०७९ १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App