२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

तेस्रो टाइगर कप भलिबल: सशस्त्रका दुवै टोलीको सफलता

तेस्रो टाइगर कप क्लबस्तरीय भलिबल च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलले मंगलबार महिला तथा पुरुष दुवै टोलीले जित निकालेका छन्। पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको प्रतिस्पार्धामा महिला तर्फ एपिएफले होङवान्जी न्यू डायमण्डलाई ३–० पराजित गर्यो।

पहिलो खेलमा एपिएफले न्यू डायमण्ड विरुद्ध २५–१५, २५–२० र २५–७ को सेटमा पराजित गर्दै दोस्रो जित निकाल्यो। खेलमा एपिएफकी प्लेयर अफ दि म्याच एपिएफकी सरस्वती चौधरी घोषित हुँदा वेष्ट स्पाइकरमा निरुता ठगुन्ना घोषित भइन्। दोश्रो खेलमा नेपाल आर्मीले गण्डकीलाई २५–१०, २५–१६ र २५–१६ ले पाखा लगायो। आर्मीकी सोफिया पुन प्लेयर अफ दि म्याच हुँदा वेष्ट स्पाइकरमा सुनिता खडका भइन्। महिलातर्फ नेपाल आर्मीको त्रिभुवन क्लव र एपिएफ क्लवले २–२ खेलबाट समान ६–६ अंङक बटुलेको छ भने न्यू डायमण्ड र गण्डकीले कुनै खेल जित्न सकेका छैनन्।

पुरुष तर्फको खेलमा नेपाल पुलिसले सेन्ट जोशेफ वाज स्पोर्टसक्लब श्रीलंकालाई ३–२ को सेटमा पराजित गरेको छ। पुलिसले उत्कृष्ट कमब्याक गर्ने क्रममा तीन सेट लागतार जित्दै खेलमा उत्कृष्ट पुनरागमन जित निकाल्यो। पहिलो दुई सेट पुलिसले गुमायो। तर हार खाएन्। तेस्रो, चौथो र निर्णायक सेट आफनो पक्षमा पार्दै पुलिसले जितको खुशी मनायो। पहिलो र दोश्रो सेट १९–२५ र २३–२५ ले श्रींलकाको पाहुना टोलीलाई सुम्पिएको पुलिसले पछिल्ला तीन सेट क्रमश २५–२३, २५–१९ र १५–१३ ले आफ्नो पक्षमा पारेको थियो।

गण्डकी प्रदेश शसस्त्र प्रहरीसँग पराजित हुन पुग्यो। खेलमा पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको एपिएफले २५–२३ दोस्रो सेट लियो। तेश्रो सेट २०–२५ ले सशस्त्रले गण्डकीलाई सुम्पियो। चौथो सेटमा २५–१९ ले एपिएफले खेल जित्यो। खेलमा एपिएफका विजय थापा प्लेयर अफ दि म्याच र वेष्ट स्पाइकर टेकराज अवस्थी घोषित भए। प्रतियोगितामा महिलालतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लव, गण्डकी प्रदेश, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब छन। पुरुष दुवैतर्फ उपाधी विजेता टिमहरुलाई ५–५ लाख रुपैयाँ नगद, उपविजेता टिमलाई समान नगद २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्राप्त गर्ने छन्।

त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद २५–२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०–१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ।

प्रकाशित: १० माघ २०७९ १३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App