१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पूर्वाञ्चल एकेडेमी र कोसी मोडललाई प्याब्सन स्पोर्ट्स मिटको उपाधि

विराटनगरमा भएको प्याब्सन स्पोर्ट्स मिटको उपाधि पूर्वाञ्चल एकेडेमी र कोसी मोडल स्कुलले जितेको छ।

प्याब्सन स्पोर्ट्स मिटको १२ औं संस्करणको उपाधि सुन्दरहरैँचा नगरपालिका– ६ को पूर्वाञ्चल एकेडेमी र विराटनगरको कोसी मोडल स्कुलले उपाधि जितेको हो।

पूर्वाञ्चल एकेडेमीले १० स्वर्ण, ५ कास्य र ५ रजक पदकसहित ७३ अंकका साथ विजेता भएको हो। कोसी मोडलले प्लसटुतर्फ ३० अंकसहित उपाधि जिते छ। कक्षा १० सम्मको सुन्दरहरैँचाको सिद्धार्थ स्कुलले २ स्वर्ण, ४ रजत र १ कास्य पदकसहित २४ अंक ल्याउँदै द्वितीय र ग्रामथानको जनक मेमोरियल स्कुलले ५ कास्य र १ रजत पदकसहित १७ अंकका साथ तृतीय भए।

यसै गरी प्सटुतर्फको सिद्धार्थ स्कुल २८ अंकका द्वितीय र सगरमाथा स्कुल २० अंकका साथ तृतीय भए। भलिबलको विराटनगरको कोसी मोडल, सुन्दरहरैँचाको ब्राइटफ्यूचर, बुढीगंगाको मोरङ पब्लिक र रंगेलीको सनरे स्कुल विजयी भए। कक्षा ११ र १२ छात्रतर्फको कोसी मोडल प्रथम, सिद्धार्थ स्कुल द्वितीय र पथरीको एभरेष्ट तृतीय भए। छात्रातर्फको सुन्दरहरैँचाको ब्राइटफ्यूचर स्कुल प्रथम, कोसी मोडल द्वितीय र पथरीको एभरेष्ट स्कुल तृतीय भए।

फुटबलको उपाधि सुन्दरहरैँचाको सिद्धार्थ स्कुलले जितेको छ। सिद्धार्थले बेलबारीको शिक्षा सन्देश स्कुललाई ट्राइब्रेकरमा ५–४ गोलमा पराजित गर्दै उपाधि जितेको हो। टेबल टेनिसको टिम इभेन्ट्स छात्रतर्फ विराटनगरको एभरेष्ट स्कुल प्रथम र सगरमाथा स्कुल द्वितीय भए। 

छात्रातर्फको सगरमाथा स्कुल प्रथम र कोसी मोडल स्कुल द्वितीय भए। प्रतियोगितामा पूर्वाञ्चल एकेडेमीकी मनिषा कार्कीले ४ स्वर्ण पदक जित्दै सर्वोत्कृष्ट खेलाडी घोषित भइन्।

खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सल्लाहकार टीकाराम पुरी, केन्द्रीय उपाध्यक्ष राजेशकुमार दास, प्रदेश १ का अध्यक्ष टीकाराम ढकाललगायतले पुरस्कार वितरण गरे।

प्रकाशित: ९ माघ २०७९ १२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App