१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाली बक्सर सुष्मा तामाङ एएसबिसी यु२२ को फाइनलमा

नेपाली बक्सर सुष्मा तामाङ थाइल्यान्डमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा पुगेकी छिन्।  

बैंककमा आइतबार भएको महिलातर्फ ४८ केजी तौल समूहको सेमिफाइनलमा सुष्माले मंगोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा हराउँदै फाइनल पुगेकी हुन्। फाइनल प्रवेश गरेसँगै सुष्माले रजत पदक पक्का गरेकी छिन्। अब स्वर्ण पदकका लागि सुष्माले उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग बुधबार खेल्ने छिन्।

यस प्रतियोगिताको महिलातर्फ ५७ केजी तौल समुहमा हेमा राई र ७५ केजी तौल समुहमा त्रिशा जवेगु सेमिफाइनल प्रवेश गरिसकेका छन्।उनीहरुले बुधबार नै हुने सेमिफाइनल मंगोलियाकी बटुर जोल्जार्गल र काजिकिस्तानकी एरजन गुल्सायको सामना गर्नेछन्।यसैगरी पुरुष ८६ केजी तौल समुहमा विजय बाटाले इन्डोनेसियन मुक्केबाज मोसकिता माइकलसँग सोमबार  सेमिफाइनल खेल खेल्नेछन्।  

प्रकाशित: ८ माघ २०७९ १४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App