१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मंगलबारदेखि ११ औं हिसान स्पोर्ट्स मिट

हिसान स्पोर्ट्स मिटको ११ औं संस्करण मंगलबारदेखि सुरु हुँदैछ। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान)ले विराटनगरमा खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको हो।

हिसान मोरङले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै मंगलबारदेखि  हिसान स्पोर्ट्स मिटको ११ औं संस्करण गर्न लागेको जानकारी दिएको छ। ‘हिसान मोरङको मूल मन्त्र शिक्षा र खेलकुद बलियो संयन्त्र’ भन्ने नाराका साथ माघ १० देखि माघ १६ गतेसम्म खेलकुद प्रतियोगिता आयोजना गरेको हिसान मोरङका अध्यक्ष अमित ढकालले जानकारी दिए।

खेलकुदको माध्यमबाट अनुशासन कायम राख्दै, स्वास्थ र सार्वभौमिकताको रक्षा गर्न सक्ने देशभक्त नागरिक उत्पादन, लागुपदार्थको कुलतबाट युवाहरुलाई जोगाउँदै राष्ट्रिय स्तरका खेलाडी तयार गर्न उद्देश्यका साथ स्पोर्ट्स मिट गर्न लागेको बताउँदै, हिसान मोरङका अध्यक्ष ढकालले भने, ‘०६५ सालदेखि निरन्तर रुपमा खेलकुदका कार्यक्रम आयोजना गर्दै आए पनि कोरोना महामारीका कारण स्थगित गर्नु प¥यो। पढाइका साथै खेलकुद पनि विद्यार्थीहरुको एउटा अंग हो। किनभने खेलकुदले विद्यार्थीहरुलाई शारीरिक तन्दुरुती मात्रै होइन उनीहरुको मन मस्तिष्कलाई पनि चलाएमान बनाउँदै दुवै क्षेत्रका आफ्नो प्रतिभा देखाउन सक्छन्।’

हिसान स्पोर्ट्स मिटमा हिसानसँग आवद्ध कलेजहरुले मात्रै भाग लिन पाउने छन्। यस स्पोर्ट्स मिटमा फुटबल (छात्र), क्रिकेट (छात्र), बास्केटबल (छात्र), भलिबल (छात्र/छात्रा), टेबलटेनिस सिंगल र डब्लस् (छात्र/छात्रा), एथलेक्टिस का खेलहरु हुने छन्। प्रतियोगितामा विभिन्न खेलमा २८ वटा कलेजहरुका १ हजार ७ सय बढी विद्यार्थीहरुले सभागिता जनाउने भएका छन्।

आयोजकको तर्फबाट विजेता तथा उपविजता खेलाडीहरुले ट्रफी, मेडल प्राप्त गर्ने छन् भने खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी विजेता भए कलेजहरुले आन्तरिक रुपमा छात्रवृत्त दिने छन्। 

प्रकाशित: ८ माघ २०७९ १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App