२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

टाईगर कप भलिबल च्याम्पियनसिपः आर्मी र सशस्त्र प्रहरीको जित

पोखरामा सुरु भएको टाइगर कप भलिवल प्रतियोगितामा सेना र सशस्त्र प्रहरी टिम भिड्दै। तस्बिरः उमेश पुन/नागरिक

सशस्त्र प्रहरी बलले उत्कृष्ट कमब्याक गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित दर्ता गर्दै तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको शुरुवात गरेको छ।  

टाईगर ग्रुप पोखराको आयोजनामा आईतबारदेखि पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको क्लबस्तरीय भलिबल च्याम्पियनसिपमा सशस्त्रले उत्कृष्ट कमब्याक गर्दै ३–१ को सेटमा जित आत्मसाथ गर्यो। पहिलो सेट गुमाएको सशस्त्रले पछिल्लो तीनै सेट आफनो पक्षमा पार्दै विभागीय डर्बीमा आर्मीमाथि जित निकाल्यो।  

पहिलो सेट २५–२० मा लिएको आर्मीले दोस्रो, तेस्रो र चौथो सेटमा भने आफनो लय कायम राख्न सकेन्। सशस्त्रमाथि हावी देखिने आँकलन गरिएपनि आर्मीले फितलो प्रदर्शन गरेपछि पछिल्लो तीनै सेट सशस्त्रलाई सुम्पिन पुग्यो। सशस्त्रले २५–२२, २६–२४ र २५–१९ को सेटमा आर्मीको चुनौतिलाई पन्छायो।  

महिला तर्फ आर्मीले होङवान्जी न्यु डायमण्ड स्पोर्टस क्लबलाई सोझो सेटमा पराजित गर्दै सुखद यात्रा तय गर्यो। आईतबार भएको महिला तर्फ पहिलो प्रतिस्पर्धामा आर्मीले न्यु डायमण्डमाथि २७–२५, २५–१७ र २५–२३ को प्रतिस्पर्धात्मक रुपमा आफनो पक्षमा पार्दै जित निकाल्यो। न्यु डायमण्डकी प्रतिभाको अनुपस्थितिले पनि आर्मीलाई जित निकाल्न सकस भएको थियो।  

टाईगर ग्रुपले तेस्रो संस्करणमा आईपुग्दा पुरस्कार राशी बढाएको छ। महिला–पुरुष दुवैतर्फ उपाधी विजेता टिमलाई रु ५–५ लाख रुपैयाँ नगद, उपविजेता टिमलाई समान नगद  २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने सस्थाका उपाध्यक्ष समेत रहेका प्रतियोगिताका संयोजक देवेन्द्र केसीले जानकारी दिए। उत्कृष्ट महिला तथा पुरुष खेलाडीले नगद २५/२५ हजार रुपैयाँ प्राप्त गर्ने छन्।  

प्रकाशित: ८ माघ २०७९ १०:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App