४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

सुनसरी हिसानको खेलकुद महोत्सव शुक्रबारदेखि

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद महोत्सव हिसान स्पोर्टस् मिट २०७९ शुक्रबारदेखि सुरु हुदैछ।

हिसान स्पोर्टस मिट अन्तर्गत फुटबल, भलिबल, क्रिकेट, सेपाक ताक्रो र नृत्य प्रतियोगिताको आयोजना गरिने हिसान सुनसरीका अध्यक्ष सागर प्रसाद भट्टराईले जानकारी दिए। यसवर्ष हिसान रन समेत आयोजना गरिने पत्रकार भट्टराईले बताए।

इटहरीमा हुने पाँंच किलोमिटर लामो दौड धरान रनको प्रबिधिक संयोजनमा गरिने भएको छ। स्पोर्टस मिट अन्तर्गत फुटबल इटहरी रंगशालामा, क्रिकेट इटहरी वडा नं. ९ स्थित जनता क्रिकेट पार्कमा र भलिबल पूर्वाञ्चल माध्यमिक विद्यालयमा हुने मूल संयोजक हेमन्त भण्डारीले बताए। समापन भने धरानमा आयोजना गरिनेछ।

यसअघि ब्याडमिन्टन, बास्केटबल, टेबलटेनिस, बुद्धिचाल, बक्तृत्वकला, हाजिरीजवाफ र कविता प्रतियोगिता सम्पन्न भइसकेको भण्डारीले जानकारी दिए। हिसान स्पोर्टस मिटमा सुनसरी जिल्लाभरीका २ हजार २ सय विद्यार्थीको सहभागिता रहने छन्।  

प्रकाशित: ५ माघ २०७९ १३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App