७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

अधिकारी र लिनथेपको जोडीलाई उपाधि

कास्कीका विधान अधिकारी र त्रिभुवन आर्मीका पविन लिनथेपले तेस्रो यलम्बर कप तथा प्रथम राष्ट्रव्यापी भेट्रान ब्याडमिन्टन च्याम्पियनसिपमा पुरुष युगलतर्फ उपाधि उचालेका छन्।

नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनामा भएको च्याम्पियनसिपमा कास्कीका विधान र आर्मीका पविनले पुरुष युगल (नेपालको शीर्ष २० वरीयताबाहेक) तर्फ उपाधि उचालेका हुन्। यो जोडीले फाइनलमा नेपाल पुलिस क्लबका गौरव दाहाल र अनिष श्रेष्ठको जोडीलाई २१–१९ र २१–१३ को सोझो सेटमा हरायो। नखिपोट युथ क्लबका एसिया जबेगु र दिवस शंकरको जोडी तथा न्यु बिएसका निश्चल खत्री र श्रीजल पोखरेलको जोडी संयुक्त रूपमा तेस्रो भए। यो विधाका विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रोले १०/१० हजारसहित पदक प्राप्त गरे। पुरुषकै ५५ वर्षमाथिको डबल्समा ललितपुरका सुरेश बस्नेत र इमाडोल ब्याडमिन्टन स्पोर्ट्स क्लबका दिलबहादुर कदङ्ग्वाको जोडीले सफलता प्राप्त गर्‍यो।  

सुरेश र दिलको जोडीले उपाधि भिडन्तमा नखिपोट युथ क्लबका पूर्ण बुढाथोकी र कुमार राईको जोडीलाई १९–२१, २१–१७, २१–८ ले हरायो। एपिएफका बलराम लामिछाने र प्रेमकुमार श्रेष्ठको जोडी तथा कीर्तिपुरका पूर्णचन्द्र जोशी र राजु महर्जनको जोडी संयुक्त रूपमा तेस्रो भए। विजेताले ३० हजार, उपविजेताले २० र तेस्रोले १०/१० हजार रूपैयाँ नगदसहित पदक प्राप्त गरेका छन्। महिला एकल (शीर्ष २० वरीयताबाहेक) तर्फ मेची ब्याडमिन्टन क्लबकी अञ्जना राईले उपाधि उचालिन्।

प्रकाशित: ५ माघ २०७९ ०१:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App