७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

यलम्बर कप भेट्रान ब्याडमिन्टन: पूर्णचन्द्र र राजुको जोडी सेमिफाइनलमा

कीर्तिपुरका पूर्णचन्द्र जोशी र राजु महर्जनको जोडीले तेस्रो यलम्बर कप तथा प्रथम राष्ट्रव्यापी भेट्रान ब्याडमिन्टन च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ। नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनमा जारी च्याम्पियनसिपमा जोशी र महर्जनको जोडीले बुटवलका नारायणप्रसाद घिमिरे र विष्णु श्रेष्ठको जोडीलाई १६–२१, २१–१६ र २१–११ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। एनवाइसीका पूर्ण बुढाथोकी र कुमार राईको जोडीले ग्यालेक्सीका राजु भुजु र रमेश डंगोलको जोडीलाई २१–१८, १७–२१, २१–१८ ले, ललितपुरका सुरेश बस्नेत र दिलबहादुर कदङ्ग्वाको जोडीले एनवाइसीका कुलप्रसाद लिम्बु र मेघराज लिम्बुको जोडीलाई २१–५, २१–८ ले तथा एपिएफका बलबहादुर लामिछाने र प्रेमकुमार श्रेष्ठको जोडीले कास्कीका रमेश भट्टचन र कमल थापाको जोडीलाई २१–१८, २१–१० ले हराउँदै सेमिफाइनलमा स्थान बनाए।

त्यस्तै ३५ वर्षमाथिको पुरुष डबल्समा कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले विजयी सुरुआत गरेको छ। यो जोडीले पिबिसीका सुनील बाराही र ब्याडमिन्टन रिमिक्स क्लबका राजेन्द्र महर्जनको जोडीलाई २१–१० र २१–१९ को सोझो सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनायो। नुवाकोटका चन्दन घले र सामाखुसीका टीका थापामगरको जोडीले वाइबिसीका रवीन्द्र श्रेष्ठ र सुरोज श्रेष्ठको जोडीलाई २१–१५, १६–२१ र २१–१६ ले हरायो। यो समूहमा मानभवन ब्याडमिन्टन क्लबका आकाश छन्त्याल र न्यु बिएसका नारायण गौतमले अन्तिम १६ मा स्थान बनाएका छन्।  

यो जोडीले तेजेन्द्र गुरुङ र सुभाष उलकबाट वाकओभर पायो। मध्यपुर ब्याडमिन्टन क्लबका दीपक खत्री र केशव कार्कीको जोडीले एमएससीका सूर्य बल र छत्र लामिछानेको जोडीलाई २१–१०, २१–११ तथा चितवनका विद्वान गुरुङ र किरण लामाको जोडीले इमाडोल ब्याडमिन्टन एन्ड स्पोर्ट्स क्लबका हरि दर्नाल र पशुपति श्रेष्ठको जोडीलाई २१–९, २१–५ ले हराए। ब्याडमिन्टन रिमिक्स क्लबका शान्त डंगोल र दीपेश शाक्यको जोडीले एनवाइसीका जय राई र राकेश राईको जोडीलाई २१–१२, २१–१५ ले तथा दथुलका राजु वज्राचार्य र नखिपोटका राम राईको जोडीले चन्द्रागिरी ब्याडमिन्टन क्लबका धर्म घिमिरे र विपिन शाहको जोडीलाई २१–१४, २१–१४ ले पराजित गरे।

पुरुष युगल ४५ वर्ष उमेरसमूहमा सुनील वज्राचार्य र भरतप्रसाद चौरसिया, एनएका सानबहादुर साम्बा र कमल थापा, एपिएफका धीरेन चन्द र चेतसिंह थापा, पाँचथरका गजेन्द्रबहादुर लिम्बु र नवीनसिंह राई, देवीनगर ब्याडमिन्टन क्लबका दिल कार्की र चन्द्र कुवेर खापुङ, एनवाइसीका चन्द्रश्याम डंगोल र जीवनकुमार राई तथा कैलालीका रामशरण केसी र हरि खत्रीको जोडीले सोमबार सफलता निकाल्दै अन्तिम १६ को यात्रा तय गरे। यसै समूहमा नखिपोटका रमेश घले र जगनबहादुर सुनुवार, कास्कीका राजेश गुरुङ र शम्भुकुमार श्रेष्ठ, प्रकाश राई र कल्याणकुमार राना, गठ्ठाघर स्पोर्ट्सका डेन लामा र राकेश थापा, पर्फेक्ट फिटनेस क्लबका रामप्रकाश प्रधान र सुमन श्रेष्ठ तथा सामाखुसीका प्रेम घले र टीका थापामगरको जोडीले पनि अन्तिम १६ मा स्थान पक्का गरेका छन्।

प्रकाशित: ३ माघ २०७९ ०२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App