१ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

सन्दीपका वकिल भन्छन्: बाहिर निस्केसँगै सन्दीपलाई पुन कप्तानी दिनुपर्छ

सन्दीप लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले लामिछाने बाहिर निस्केसँगै उनलाई पुन कप्तानी दिनुपर्ने बताएका छन्।

शुक्रबार सञ्चारकर्मीसंग कुरा गर्दै घिमिरेले नाबालिका बलात्कार अभियोगमा थुनामा रहेका लामिछाने बाहिर निस्केसँगै पुन कप्तानी दिनुपर्ने बताएका हुन्। घिमिरेले अहिले लामिछानेको मुद्दा हेरिरहेका छन्। 

बिहीबार लामिछानेलाई पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको थियो।

नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले कात्तिक १८ मा मुद्दाको अन्तिम टुंगो नलागुन्जेलसम्म थुनामा राख्न दिएको आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा निवदेन दिएका थिए।

त्यसैमा सुनुवाइ गर्दै उच्च अदालतले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो। आदेश दिएसंगै लामिछाने शुक्रबार २० लाख धरौटी बुझाएर छुट्दै छन्।लामिछानेमाथि १७ वर्षीया नाबालिगलाई बालात्कार गरेको आरोप छ।  

प्रकाशित: २९ पुस २०७९ ०७:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App