२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

मेयर कप टेनिस सोमबारबाट

चौथो मेयर कप अन्तरवडा टेबलटेनिस प्रतियोगिता सोमबारबाट आयोजना हुने भएको छ।

ललितपुर महानगरपालिकाको वडा नम्बर १२ स्थित युवा क्लब हःखाले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारबाट आयोजना हुने जनाएको हो। ६ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ललितपुरको मंगलबजारस्थित कोट पाटीमा आयोजना हुनेछ। प्रतियोगितामा ललितपुर जिल्लाका २९ वडाबीचका ५ सयभन्दा बढी खेलाडीबीच प्रतिस्पर्धा हुनेछ।

कुल १३ वटा इभेन्ट्स भएको प्रतियोगितामा रात्रिकालिन समयमा आयोजना हुनेछन्। रात्रिकालिन समयमा आयोजना हुने यो पहिलो प्रतियोगिता हो। प्रतियोगितामा मेन्स टिम इभेन्ट्स (ए), मेन्स टिम इभेन्ट्स (४० वर्षमाथि), मेन्स सिंगल्स (ए), मेन्स डबल, मेन्स सिंगल्स (बी), वुमन्स सिंगल, बोइज जुनियर सिंगल (यु-१६), गर्ल्स जुनियर (यु-१६), भेट्रान्स सिंगल्स (४० वर्षमाथि), भेट्रान्स सिंगल्स ९ (५० वर्षमाथि) भेट्रान्स सिंगल्स (६० वर्षमाथि), महिला भेट्रान्स सिंगल्स (४० वर्षमाथि), युवा क्लब हःखा सिंगल्स इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ।

६ दिनसम्म आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। अनुमानित १६ लाख ५० हजार खर्च हुने प्रतियोगितामा ५ लाख वडा नं १२ बाट तथा ललितपुर महानगरपालिकाबाट ३ लाख प्रायोजन हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो।

प्रकाशित: २३ पुस २०७९ ०२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App