२५ असार २०८१ मंगलबार
image/svg+xml
खेल

प्रदीप र अभिलाषालाई टेनिस उपाधि

प्रणव खनालको चुनौतिलाई संघर्षपूर्ण रुपमा पन्छाउँदै १९ औं माछापुच्छे बैंक खुला टेनिस प्रतियोगिताको उपाधि प्रदीप खड्काले जितेका छन्। पोखराकै टेनिस कोर्टमा प्रणव खनाललाई नेपालका शीर्ष बरियताका प्रदीप खड्कासँग दोस्रो पटक पराजित हुन पुगे। शनिबार भएको फाईनल प्रतिस्पर्धामा  प्र्रदीपले ६–३, १–६ र ७–५  को सेटमा पन्छाउँदै नगद ८० राशीको पुरस्कारसहित च्याम्पियन बने।  

महिला तर्फको उपाधि भने अभिलाषा विष्टले जितिन्। उनले सर्वानी श्रेष्ठलाई सोझो सेटमा पन्छाईन्। सर्वानीलाई ६–२, ६–४ को सेटमा पराजित गर्दै उपाधि आफनो नाममा लेखाईन्। कमल भण्डारीलाई सोझो सेटमा पराजित गर्दै जितेन्द्र परियारले ३५ वर्षमाथि उमेर समूहको टेनिस उपाधि जितेका छन्। शनिबार पोखरा रंगशाला टेनिस कोर्टमा भएको फाईनलमा भण्डारीलाई ६–०, ७–५ को सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन्।  

त्यसैगरी ४५ वर्षमाथिको उमेर समूहको उपाधि भने रोहित सुनुवारले आफनो नाममा लेखाएका छन्। सुुनुवारले विमल गुरुङलाई ६–४, २–६ र १०–४ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन्।  

प्रतियोगितामा पुरुष एकल तथा महिला एकल तर्फका विजेताले नगद ८० हजार रुपैयाँ गरे। त्यसैगरी उपविजेताले समान ४०/४० हजार रुपैयाँ प्राप्त गरेका छन्। एकल तर्फ दुई सेमिफाईनलिष्ट महिला तथा पुरुषले समान १०/१० हजार प्राप्त गरे। पुरुष युगल र महिला युगल विजेताले ३०/३० हजार पाउँदा उपविजेताले १५/१५ हजारको पुरस्कार राशी पाए। सेमिफानलिष्टलाई १०/१० हजार रुपैयाँ प्रदान गरिएको थियो।

३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा विजेताले ६० हजार, उपविजेताले ३० हजार र सेमिफाईनलिष्ट खेलाडीद्वयले १०/१० हजार राशीको पुरस्कार पाए। युगल तर्फको इभेण्टमा विजेताले २० हजार र उपविजेताले १० हजार पाउँदा अन्तिम चारमा प्रवेश गर्ने अन्य दुई खेलाडीको हकमा पनि नगद १० हजार रुपैयाँ प्रदान गरिएको कास्की जिल्ला टेनिस संघले जनाएको छ।  

४५ वर्षमाथिको उमेर समूहका विजेताले नगद ४० हजार, उपविजेताले नगद २० हजार र सेमिफाइनल खेल्ने खेलाडीले १० हजारसहित पदक तथा प्रमाणपत्र पाएका छन्। युगल तर्फ विजेताले २० हजार र उपविजेताले १० हजार तथा सेमिफाईनलिष्टले १० हजार थापे। ५५ वर्षको उमेर समूहको एकलले ३० हजार उपविजेताले १५ हजार र सेमिफाईनल खेल्ने खेलाडीले १० हजार पुरस्कार पाउँदा युगल प्रतिस्पर्धाको विजेताले २०, उपविजेताले १० र सेमफिाईनलिष्टले पनि १० हजार प्राप्त गरे। ६५ वर्ष माथिको उमेर समूहको विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय पाउदाँ सेमिफाईनलिष्टले २ हजार ५ सय रुपैयाँसहित पदक तथा प्रमाणपत्र प्राप्त गरेकाछन्। प्रतियोगितालाई माछापुच्छे बैंकले मुख्य प्रायोजन गर्दै आएको छ।  

प्रकाशित: १६ पुस २०७९ ०७:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App