२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

रुचाललाई सम्मान

नेपाल राष्ट्रिय मुवाँथाई संघले गुणराज रुचाललाई शुक्रबार वर्ष खेलाडीका रूपमा सम्मान गरेको छ।

नेपाल खेलकुद पत्रकार मञ्चमा शुक्रबार सम्पन्न एक कार्यक्रममा रुचाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले सम्मान गरे। रुचालले नगद ५० हजारसहित सम्मानपत्र प्राप्त गरे।

रुचालले अफ्रिकामा सम्पन्न आठौं इन्डो नेपाल मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए भने नोभेम्बरमा थाइल्यान्डमा सम्पन्न प्रो फाइटमा च्याम्पियन बनेका थिए। त्यस्तै रुचाल थाइल्यान्डमै सम्पन्न वल्र्ड मुवाँथाई च्याम्पियनसिपमा कांस्य पदक जित्न सफल भएका थिए।

संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका विजेता खेलाडीलाई पनि सम्मान गर्‍यो। जेनिका राई नगद १० हजारबाट सम्मानित हुँदा मुकेश लुइटेल नगद ५ हजारबाट सम्मानित भए। जेनिकाले नोभेम्बरमा सम्पन्न १७औं वल्र्ड च्याम्पियनसिपमा कांस्य पदक जितेकी थिइन्।

मुकेशले भुटानमा सम्पन्न साग किक बक्सिङ च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए। त्यस्तै संघले गोकर्णेश्वर मुवाँथाई कमिटी र सुनसरी जिल्ला मुवाँथाई संघलाई पनि सम्मान गर्‍यो।

प्रकाशित: १५ पुस २०७९ ०१:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App