१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आर्सनलको लय निरन्तर

सोमबारबाट सुचारु भएको इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले पुनरागमन जित निकाल्दै सात अंकको अग्रता बनाउँदा लेस्टर सिटीमाथि ३-० को जित निकालेको न्यु क्यासल युनाइटेड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

पेनाल्टी गोलबाट पछि परेको अवस्थामा पुनरागमन खेल देखाउँदै आर्सनलले सोमबार वेस्ट ह्याम युनाइटेडलाई ३-१ ले पराजित गरी ७ अंकको अग्रता निकाल्दै शीर्षता कायम राखेको हो। सोमबारकै अर्को खेलमा लिभरपुलले एस्टन भिल्लामाथि ३–१ को जित निकाल्दा अर्को खेलमा टोटेनह्यामले ब्रेन्टफोर्डसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ। टोटेनह्यामलाई खेलमा फर्काउन विश्वकपमा अनपेक्षित नतिजा भोगेको इङ्ल्यान्डका कप्तानले एक गोल गर्न सफल भए।

सोमबारको जितसँगै आर्सनल २००४ पछि उपाधि उचाल्ने लक्ष्यसहित अगाडि बढिरहेको छ। छ साताको ब्रेकपछि सुचारु भएको प्रिमियर लिगमा आर्सनलले आफ्नो लयलाई निरन्तरता दिन सफल भएको हो। मिकेल अर्टेटाको टोलीले पहिलो हाफमा पेनाल्टीबाट पछि परेको अवस्थाका बावजुद सम्हालिएको प्रदर्शन गर्न सफल भएको हो।

ब्रेन्टफोर्डका लागि २७औं मिनेटमा सेइड बेनरहमाले पेनाल्टीबाट पहिलो हाफमा अग्रता दिलाएका थिए। दोस्रो हाफमा फरक रणनीतिका साथ खेलेको आर्सनल खेलमा फर्किन सफल भयो। पाँच मिनेटको अन्तरालमा आर्सनलका लागि बुकायो साका र गाब्रियल मार्टिनेल्लीले गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काएका थिए। यसै सिजन म्यानचेस्टर सिटीबाट आर्सनलमा अनुबन्धित भएका ग्राबियल जिससबिना मैदान उत्रिएको टोलीले निकालेको नतिजामा आफू सन्तुष्ट रहेको प्रशिक्षक अर्टेटाले प्रतिक्रिया जनाए। जिसस विश्वकपका दौरानमा चोटग्रस्त भएका थिए। खुट्टामा चोट बोकेका जिसस अहिले आराम गरिरहेका छन्।

यस्तै प्रिमियर लिगकै अर्को खेलमा अनपेक्षित नतिजा निकाल्ने क्रममा न्युक्यासलले घरेलु टोली लेस्टर सिटीलाई स्तब्ध बनायो। भ्रमणकारी टोली न्युक्यासलले सुरुआतबाट नै दबाब दिएर खेलेको थियो। सो क्रममा न्युक्यासलका लागि क्रिस उडले तेस्रो मिनेटमा नै पेनाल्टीबाट अग्रता निकालेका थिए। सातौं मिनेटमा मिगुएर अलमिरोनले दोस्रो तथा ३२औं मिनेटमा जोइलिन्टनले तेस्रो गोल गर्दै पहिलो हाफमा निकालेको अग्रता नै तीन अंकका लागि पर्याप्त भएको हो।

प्रिमियर लिगअन्तर्गत सोमबार नै भएको अर्को खेलमा लिभरपुलले एस्टन भिल्लालाई उसैको मैदानमा ३–१ ले पराजित गर्‍यो। 

प्रकाशित: १३ पुस २०७९ ०२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App