६ वैशाख २०८१ बिहीबार
खेल

इस्टर्न ओपन गल्फ मंगलबारबाट

 सूर्य नेपाल गल्फ टुरअन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिता मंगलबारबाट आयोजना भएको छ।

नेपाल गल्फर एसोसिएसन (एनपिजिए) ले आइतबार पत्रकार सम्मेलन गर्दै इस्टर्न ओपन गल्फ मंगलबारबाट धरानस्थित गल्फ क्लबको कोर्समा आयोजना हुने जनाएको हो। चार दिनसम्म चल्ने प्रतियोगितामा कम्तीमा ३२ व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता रहने एनपिजिएका महासचिव दीपक आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए।

धरान गल्फ कोर्समा आयोजना हुने दोस्रो प्रतियोगितामा प्रोफेसनल शुक्रबहादुर राई, भुवन नगरकोटी, जयराम श्रेष्ठ, मणि राई, सञ्जय लामा, धन थापालगायतले प्रतिस्पर्धा गर्नेछन्। यस्तै एमेच्योर गल्फरको पनि सहभागिता रहनेछ। प्रतियोगिताको अन्तिम दिन १८ होलमा खेल आयोजना हुनेछ। प्रतियोगिताको कुल पुरस्कार राशि ७ लाख ७५ हजार रूपैयाँ छ। ५४ होलसम्म चल्ने प्रतियोगिताको विजेताले १ लाख ४० हजार रूपैयाँ प्राप्त गर्नेछ। उपविजेताले ९० हजार तथा तेस्रो हुनेले ६७ हजार रूपैया हात पार्नेछन्। यस्तै चौथोदेखि शीर्ष २१ सम्म अटाउनेले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित: ११ पुस २०७९ ०२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App