११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

विवादमा तानिएको विश्वकप

विश्वकप उपाधिमा कुँदिएको नाम नयाँ होइन। धेरै स्टार खेलाडीहरूको अन्तिम विश्वकप। तर कतार विश्वकप २०२२ इतिहासकै सबैभन्दा विवादित विश्वकप बन्यो।

सन् २०१० मा विश्वकप आधिकारको आयोजना पाएको कतार शृंखलाबद्ध रूपमा एकपछि अर्को विवादमा तानियो। भ्रष्टाचार, आप्रवासी कामदारमाथिको शोषण र खाडी मुलुककै अन्य राष्ट्रको आलोचनाका कारण कतार विश्वकप २०२२ निरन्तर विवादास्पद बनिरह्यो। प्रतियोगिताको उद्घाटनको अघिल्लो दिन मात्र फिफा अध्यक्ष जियानी इन्फान्टिनो कतारको बचाउमा देखिएका थिए। उनले तथ्यबाहिर गएर पश्चिमा मिडियाहरूले कतारविरुद्ध नियोजित रूपमा एकतर्फी समाचार प्रसारण र प्रकाशन गरेको बताए। तर पनि मैदानभित्रका केही घटनाले सो विवाद प्रतियोगिताअवधिभर नै रह्यो।

अर्जेन्टिनाले तेस्रो पटक विश्वकप जित्यो। विश्वकपभर अप्रत्याशित नतिजासमेत आइ नै रह्यो। चार पटकको विजेता जर्मनीको समूहचरणबाटैे बहिर्गमन तथा साउदी अरेबियासँग अर्जेन्टिनाको हार सबैभन्दा आश्चर्यचित नतिजा रह्यो। जापानले समूहविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गर्दा जर्मनी र स्पेनलाई हरायो। दक्षिण कोरियाले पनि नाटकीय रूपमा नकआउट चरणमा स्थान बनायो। जसले एसियाली टोली पनि बलिया छन् भन्ने प्रमाणित गरेको छ। तर सबैको ध्यान भने मोरक्कोले प्रतियोगितामा गरेको प्रदर्शनले तानेको थियो। जुन एक हदसम्म कल्पनाबाहिरकै नतिजा थियो।  

मोरक्को विश्वकपको सेमिफाइनल प्रवेश गर्ने पहिलो अफ्रिकी र अरबी मुलुक बन्यो। फ्रान्ससँग सेमिफाइनलमा २–० ले निराश भएको मोरक्को तेस्रो स्थानका लागि शनिबार भएको खेलमा क्रोएसियासँग २–१ ले पराजित भएको थियो। मोरक्कोले समूहचरणमा क्रोएसियासँग अंक बाँड्नुका साथै बेल्जियमलाई निराश पारेको थियो। मोरक्कोले अन्तिम १६ मा स्पेन र क्वार्टरफाइनलमा पोर्चुगललाई हराएको थियो। जुन जितको खुसी दोहाका साथै अरब मुलुकले पनि मनाएका थिए।

वालिद रिग्रेगीको टोलीले अफ्रिकी र अरब टोलीमा समेत शीर्ष टोलीलाई हराउने क्षमता छ भन्ने प्रमाणित गरेको छ। अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप २०२६ मा सहभागी राष्ट्रको संख्या ४८ पु¥याइँदै छ। जसमा अफ्रिकाबाट ९ र एसियाका ८ राष्ट्र छनोट हुनेछन्। ‘अफ्रिकी मुलुकका लागि ९ वटा स्थान छुट्याइएको छ। म अबको १५–२० वर्षमा अफ्रिकी टोलीले विश्वकपको उपाधि जित्छ भन्नेमा ढुक्क छु,’ रिग्रेगीले भने, ‘किनभने हामीले धेैरै अनुभव बटुलिसकेका छौं।’ रूस विश्वकप २०१८ मा अफ्रिकाका कुनै पनि टोलीले समूहचरण पार गर्न सकेका थिएनन्।  

यस पटक सेनेगलले पनि अन्तिम १६ मा स्थान बनायो। समूहचरणमा अर्को अफ्रिकी मुलुक क्यामरुनले ब्राजिललाई हरायो। ब्राजिललाई हराउने क्यामरुन पहिलो अफ्रिकी राष्ट्र हो। यस पटक सबै महादेशका टोलीले नकआउट चरणमा स्थान बनाए। एसिया कप २०१९ को विजेता कतारले घरेलु मैदानमा विश्वकपमा आशातीत प्रदर्शन गर्न सकेन। कतारले समूहचरणमा तीनवटै खेल हा¥यो। कतार विश्वकप इतिहासमै नकआउट चरणमा स्थान बनाउन नसक्ने पहिलो आयोजक राष्ट्र बन्यो। यस क्रममा कतारले ६ गोल खायो भने एक गोल मात्र ग¥यो। स्टेफाने फापर्ट पुरुष विश्वकप सञ्चालन गर्ने पहिलो महिला रेफ्री बनिन्। विश्वकप पहिलो पटक नोभेम्बर–डिसेम्बरमा आयोजना गरियो।

प्रकाशित: ४ पुस २०७९ ०१:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App