१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

एशिया यु–१८ रग्बीः नेपाल समूह चरणमै सिमित

तेस्रो चरणको खेलमा भारतलाई १२–१० को स्कोरले पराजित गर्दै नेपालले सान्त्वना जित निकाले पनि एशिया रग्बी यु–१८ पुरुष सेभेन प्रतियोगितामा नेपाल समूह चरणमै सिमित भएको छ।   त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको तेस्रो चरणको खेलमा नेपालले भारतलाई हराउँदै नेपालमा आयोजना भएको प्रतियोगितामा पहिलो जित निकाले पनि अंकको आधारमा पछि पर्दै समूह चरणमा सिमित भएको हो। 

नेपाल पहिलो खेलमा नेपाल थाइल्याण्डसँग १५–७ र दोस्रो खेलमा मलेसियासँग ३४–० स्कोरले पराजित भएको थियो। विभिन्न ८ राष्ट्रको सहभागिता रहेको प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न तीन चरणका सबै खेलमा जित निकाल्दै मलेसिया समूह ए बाट समूह विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ। तीन खेलबाट स्पष्ट अंक जोडेको मलेसियाले ९ अंक बनाउन सफल भयो। मलेसियाले आयोजक नेपाल, भारत र थाइल्याण्डलाई पराजित गरेको हो। यस्तै समूह ए बाटै तीन खेलमा समान एक÷ एक खेल जितेका जितेर समान ५÷५ अंक बनाएका भारत, थाइल्याण्ड र नेपाल तालिकामा क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहे। दोस्रो भएको भारत पनि स्कोरको आधारमा नकआउट चरणमा प्रवेश ग¥यो भने थाइल्याण्ड र नेपाल अघिल्लो चरण पुग्नबाट वञ्चित भए। यस्तै समूह बी अन्तर्गतको खेलमा संयुक्त अरब इमिरेट्स ९युएई० ले शनिबार नै सम्पन्न तीन खेलमा स्पष्ट जित निकाल्दै ९ अंक जोडेर अन्तिम चारमा प्रवेश ग¥यो।

युएईले शनिबार चाइनिज ताइपेईलाई ३२–५, बंगलादेशलाई ८१–० तथा कोरियालाई २४–७ ले स्तब्ध बनाएको हो। दोस्रो स्थानमा अटाएको कोरियाले तीन खेलबाट दुई जित निकाल्दै ७ अंक जोडेर समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो। प्रतिष्पर्धात्मक दोस्रो चरणको खेलमा कोरियाले चाइनिज ताइपेईलाई १७–१२ र बंगलादेशलाई ८०–० ले स्तब्ध बनाएको हो। यस्तै तेस्रो स्थानमा रहेको चाइनिज ताइपेईले बंगलादेशलाई ७०–० ले पराजित गर्दै ५ अंक जोड्यो। तीन खेलबाट जितबिहीन रहेको बंगलादेशको ३ अंकमात्र रह्यो।

प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न महिला तर्फको प्रतिष्पर्धामा भने नेपालले दुवै खेलमा नतिजा सुम्पिएर अघिल्लो चरण पुग्न असफल रह्यो। पहिलो खेलमा ३९–० को स्कोर सुम्पिएको नेपालले दोस्रो खेलमा युएईसँग पराजित भएको हो। नेपाल युएईसँग ४१–० ले पराजित भएको हो। महिलातर्फ तेस्रो चरणका खेल सकिँदा २ खेलमा जित निकाकल्दै भारत ७ अंकका सात तालिकाको शीर्ष स्थानमा रहँदा समान ३ खेलबाट २ मा जित निकालेको थाइल्याण्ड ७ अंकका साथ दोस्रो स्थानमा छ। एक खेल कम खेलेर ६ अंको जोडेको युएई तेस्रो स्थानमा रहँदा दुई खेल मध्ये दुवैमा खेल गुमाएका नेपाल र मलेसिया समान २ अंकका साथ तालिकाको चौथो र पाँचौ स्थानमा छन्।

एशिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा आयोजना भएको यु–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता अन्तिम चरणका खेल आईतवार हुनेछन्। प्रतियोगितामा पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहेको छ।  पुरुषमा नेपाल, दक्षिण कोरिया, थाइल्याण्ड, युएई, बंगलादेश, भारत, चाइनिज ताइपेइ र मलेसियाले लिग कम नकआउट आधारमा प्रतिष्पर्धा हुँदैछ भने महिलामा नेपाल, भारत, युएई, मलेसिया र थाइल्याण्डले राउण्ड रोविन लिगका आधारमा प्रतिष्पर्धा गर्दैछन्। पुरुषतर्फ दुई समूहका शीर्ष दुई टोली उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन्।

प्रकाशित: २४ मंसिर २०७९ १२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App